नेपाली बलरसामु टिक्न सकेन हङकङका ब्याट्सम्यान, ९४ रनमा अलआउट

नेपाली बलरसामु टिक्न सकेन हङकङका ब्याट्सम्यान, ९४ रनमा अलआउट

  • बिहिबार, कार्तिक २, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

कार्तिक २ काठमाण्डौँ । काठमाण्डौँमा जारी त्रिकोणात्मक टि ट्वेन्टी क्रिकेटको दोस्रो खेलमा नेपालले हङकङलाई सस्तैमा अलआउट गरेको छ । करण केसी सहित बलरहरु चम्किदा हङकङ १९.३ ओभरमा अलआउट भयो ।

नेपालका लागि करण केसी एक्लैले चार विकेट लिए । उनले पहिलो बलमै निजाकात खानलाई बोल्ड आउट गरेका थिए । उनले ४ ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट लिएपछि नेपाल हावी भएको थियो ।

त्यसै गरी सोमपाल कामी र अविनाश बोहराले दुई दुई तथा कुसल मल्ल र मौसम ढकालले एक एक विकेट लिए ।

हङकङका लागि यासिम मुर्ताजाले ३६ तथा जिसन अलीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

नेपालले ९५ रनको सामान्य लक्ष्य बिरुद्ध केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

 

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ