त्रिकोणात्मक सिरिज क्रिकेटको पहिलो खेलमा नेपाल बिरुद्ध युएईले दियो १४१ रनको चूनौती

त्रिकोणात्मक सिरिज क्रिकेटको पहिलो खेलमा नेपाल बिरुद्ध युएईले दियो १४१ रनको चूनौती

  • बुधबार, कार्तिक १, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

टी–२० त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपाललाई युनाइटेड अरब इमिरेड्सले ९युएई० ले १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको हो। युएईका लागि वसिल हमीदले अर्धसतकीय पारी खेले। ३८ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै उनले ५१ रन बनाएका हुन्।

ओपनर खालिद साह रनको खाता नै नखोलि आउट हुँदा कप्तान मोहम्मद वासिमले १८ बलमा १७ रन जोडे। आसिफ खान १५, अलि नासिर ३२ रनमा आउट हुँदा अलिसान सराफुले ६ रनको योगदान गरे। सन्चित शर्मा २ र निलान्स केसवानी ४ रनमा नटआउट रहे।

नेपालका लागि करण केसीले ३ तथा गुल्सन झाले २ विकेट लिए। सोमपाल कामी र अभिनास बोहराले एक– एक विकेट हात पारे। १४१ रनको लक्ष्यसहित नेपालले केहीबेरमा जवाफी ब्याटिङ शुरु गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ