कोशीका मुख्यमन्त्री केदार कार्कीले आज विस्वासको मत लिँदै, मुख्यमन्त्रीलाई गठबन्धनले विस्वासको मत दिने

कोशीका मुख्यमन्त्री केदार कार्कीले आज विस्वासको मत लिँदै, मुख्यमन्त्रीलाई गठबन्धनले विस्वासको मत दिने

  • बुधबार, कार्तिक १, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । बुधबार ११ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ ।

विश्वासको मत लिन मुख्यमन्त्रीलाई संविधानले नै ३० दिनको समयसीमा दिएको छ । तर, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नियुक्तिको पाँचौ दिन नै बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । यति लामो समयको सुविधा हुँदाहुँदै पाँचै दिनमा विश्वासको मत लिन मुख्यमन्त्री हतारिएका छन् ।

सत्ता गठबन्धन दलहरुले माओवादी नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै शेखर कोइराला समूहले कोशीमा विद्रोह गरेको थियो । त्यसको नेतृत्व मुख्यमन्त्री कार्कीले गरेका थिए । एमालेका ३९ र काँग्रेसका विद्रोही ८ जना सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त हुँदा नहुँदै बालुवाटारमा भएको तीन शीर्ष नेताबीचको सहमतिको चिर्कटो बाहिरिएको थियो ।

मुख्यमन्त्री नियुक्त भएलगत्तैदेखि कार्कीले कोशीमा गठबन्धन दलहरुसँग छलफल तीव्र पारेका छन् । गठबन्धन दलहरुसँगको छलफलमा मुख्यमन्त्री कार्कीले आफूले गठबन्धनभन्दा दायाँबायाँ नगर्ने प्रष्ट वचन दिएको छलफलमा सहभागी नेताहरु बताउँछन् ।

एमालेले गठबन्धनका अरु दललाई सरकारमा सामेल गराए पनि माओवादीलाई नगराउन मुख्यमन्त्री कार्कीलाई दबाब दिँदै आएको छ । यद्यपि मुख्यमन्त्री कार्की भने विश्वासको मत लिएलगत्तै माओवादीसहितका दलहरुलाई सरकारमा सामेल गराउने तयारीमा छन् ।

यसरी एमालेसहितका प्रमुख दलहरुले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत सजिलै पाउने संभावना छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । मंगलबार साँझसम्मको अवस्थामा ३९ जना सांसद रहेको एमाले, २९ मत भएको काँग्रेस, १३ जना सांसद भएको माओवादी र ४ जना सांसद भएको एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिनेछन् । यही अवस्था बुधबारसम्म कायम रहे र सबै सांसद उपस्थित रहे मुख्यमन्त्रीले ९३ मध्ये कम्तीमा ८५ मत पाउनेछन् । जसपा अनिर्णित रहेको छ भने ६ सिट भएको राप्रपाले तटस्थ बस्ने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ