काठमाडौं । २८ वर्ष सरकारी सेवामा बिताएका नेपाल सरकारका सहसचिव नेत्र सुवेदी ‘प्रयास’को ‘समृद्धिका आयाम’ पुस्तकको नयाँ संस्कण बजामा आएको छ
हाल सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव सुवेदीले ‘समृद्धिका आयाम’ पुस्तकको दोसो संस्करण सार्वजनिक गरेका हुन् । पुस्तकमा ६९ आलेख समावेश छन् ।
२०७८ मा प्रकाशित पुस्तकलाई नयाँ सन्दर्भ र तथ्यांक अद्यावधिक गरी परिमार्जन गरेर पुनः प्रकाशन गरिएको सुवेदीलेले बताए । उनका अनुसार पुस्तकमा मुलुकको समृद्धिका लागि बहुपक्षीय विश्लेषण गरिएको छ ।
पुस्तकमा लोकसेवा तर्फको सहसचिव, उपसचिव र शाखा अधिकृतको परीक्षाका लागि आवश्यक विषयगत ज्ञान, सन्दर्भगत अनुभवहरु र सिर्जनशील सुझावसमेत राखिएको छ । आशिष पुस्तक भण्डारले प्रकाशन तथा वितरणको जिम्मा लिएको यो पुस्तकको मूल्य ९९९ रुपैयाँ रहेको छ ।
५२० वटा पृष्ठयुक्त यस पुस्तकमा ३० भन्दा वढी व्यक्तित्वहरुको शुभकामना र शुभेच्छा समेटिएको छ। यसअघि पहिलोपटक पुस्तक प्रकाशित हुँदा ३ महिनाको अवधिमा प्रकाशित प्रति विक्री भएको थियो।
पुस्तकमा ६६ वटा नेपाली भाषामा र ३ वटा आलेख अंग्रेजी भाषामा रहेको छ । यसमा चित्र र फोटोको प्रयोगका साथै प्रेरणादायी भनाईहरु समेत रहेको छ । सुवेदीले हालसम्म यसबाहेक अन्य ९ पुस्तक प्रकाशित गेका छन् ।