ब्रसेल्समा दुई स्वीस नागरिकको हत्या भएपछि बेल्जियम र स्वीडेनको खेल रद्ध

ब्रसेल्समा दुई स्वीस नागरिकको हत्या भएपछि बेल्जियम र स्वीडेनको खेल रद्ध

  • मङ्लबार, अशोज ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

ब्रसेल्समा २ जना स्विस नागरिकको गोली हानी हत्या भएपछि युरो कप २०२४ को बेल्जियम र स्विडेनबीचको खेल रद्द भएको छ। युरो कप २०२४ को छनोट खेल असुरक्षा कारण देखाउँदै हाफ टाइममा रद्द गरिएको हो। छनोट खेल सुरु हुनु केही घण्टाअघि हत्या भएको थियो। बन्दुकधारी भने फरार रहेको प्रहरीले जनाएको छ।

मारिएका ती २ जनाले स्विडेनको जर्सी लगाएका थिए । खेल स्थगन भएपछि समर्थकलाई सुरक्षाका लागि रंगशालामै बस्न भनिएको थियो। स्विडेनको टोलीलाई विमानस्थलमामा प्रहरीले सुरक्षा दिएको थियो। स्विडेनका समर्थकहरु पनि प्रहरीको सुरक्षामा नै पुगेका थिए।

स्विडेनका प्रशिक्षक जेन एन्डरसनले उनी र खेलाडीहरुले यसबारे हाफ टाइममा मात्र थाहा पाएको बताए। आफूहरुले यस विषयमा थाहा पाएपछि पीडित र उनीहरुको परिवारको सम्मानमा खेल्न नचाहेको बताए।

बेल्जियमका खेलाडीले पनि यो निर्णयलाई समर्थन गरेका थिए। खेलको पहिलो हाफमा दुवै टोली १–१ को बराबरी अवस्थामा थिए। बेल्जियमले जर्मनीमा हुने युरो कपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ