मिस प्रोभिन्स आईडलको ताज सुनसरीकी माङसेमि लाई

मिस प्रोभिन्स आईडलको ताज सुनसरीकी माङसेमि लाई

  • सोमवार, अशोज २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

धरान । ड्रिम एम प्रोडक्शनले आयोजना गरेको मिस प्रोभिन्स आईडल २०२३ को दोस्रो शंकरणको ताज सुनसरी धरानकी माङसेमी लिम्बुले पहिरिन सफल भएकी छिन् । शनिवार धरान स्थित शिक्षासदन स्कुलको सभाहलमा आयोजित मिस प्रोभिन्स आईडलको ग्राण्ड फिनालेमा आफ्ना १६ प्रतिस्पर्धीहरु मध्य उत्कृष्ट प्रस्तुतीका साथ माङसेमीले मिस प्रोभिन्स आईडल २०२३ को ताज पहिरिन सफल भएकी हुन् ।

उनलाई पहिलो शंस्करणका विजेता नुरिन बस्नेतले ताज पहिरेकि थिईन भने कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगर पालिकाका उपप्रमुख आईन्द्र विक्रम वेघाले ट्रफि तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । आईडलको फस्ट रनरअपको उपाधि संखुवासभाकी आकृति चाम्लिङ राईले प्राप्त गरिने, सेकेण्ड रनरअप सुनसरीकै विनिसा बिष्ट र थर्ड रनरअपको उपाधि तेह्रथुमकी नुनमा लिम्बुले प्राप्त गर्न सफल भईन यस्तै पब्लीक च्वाईस बिजेताको रुपमा खोटाङकी अपेक्षा राईले प्राप्त गर्न सफल भईन् ।

प्रदेश नम्बर १ भरीका युवतीहरुको सौन्दर्य, व्यक्तित्व तथा क्षमताको परिक्षण सहित आयोजित ग्राण्ड फनालेमा मस्ट ग्राजुअसको उपाधि राधिका नेपाली, मिस ट्यालेन्टको माङसेमी लिम्बु, बेस्ट वाक एन्जिला तामाङ, मस्ट डिस्पीलिन बिनिसा दर्नाल, मस्ट एक्टिभ अपेक्षा राई, मिस फोटोजेनिक निवासा लिम्बु, मिस बव्ली सोनिया याख्खा, मिस फ्रेण्डली आयुसा श्रेष्ठ, मस्ट कन्फिडेण्ट अनिता परियार, मस्ट चार्मिन नुनम लिम्बु, मस्ट अविडेण्ट आकृति चाम्लिङ राई, मिस मल्टिमिडिया च्वाईस रोजिना जिमि र मिस पंचुअल प्रशंसा राईले सब टाइटलको उपाधि प्राप्त गर्न सफल भएकी थिईन् ।

बिजयी प्रतियोगीहरुलाई कार्यक्रमका अध्यक्ष ड्रिम एण्ड प्रोडक्शनका सल्लाहकार तथा कार्यक्रमका अध्यक्ष गजेन्द्रकुमार लिम्बु, कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगर पालिकाका नगर उपप्रमुख आईन्द्र वेघा लिम्बु, कार्यक्रमका निर्णायकहरु युवा व्यवसायी तथा संचारउद्यमी विश्वराज तामाङ, एनि ब्राण्डका अध्यक्ष सन्तोष थोप्रा, इभेन्ट अर्गनाईजर रोनिक अग्रवाल र मिस पूर्वेली सुपर मोडल सुम्निमा खापुङ लगायतका कार्यक्रममा सहभागी अनिथिहरुले पुरस्कृत गर्नु भएको थियो ।

एक महिना अघि प्रदेश १ भरीका युवातीहरु माझ अडिसन लिएर अन्तिम प्रतिस्पर्धाको लागि छनौट भएका १७ सहभागीहरुलाई सिम स्टेट बिजेता स्वेयता भुजेलले कोरियोग्राफ गर्नु भएको थियो । कार्यक्रमको संचालन ड्रि एम प्रोडक्शनका कार्यक्रम संयोजक मेरिना तुम्सा लिम्बुले गर्नु भएको थियो । आगामी दिनमा पनि बालबालिका तथा युवा युवतिहरुको प्रतिभालाई प्रस्फुटन गर्नका लागि यस किसिमको कार्यक्रमलाई निरन्तरता दिईने कार्यक्रम संयोजक मेरिना तुम्सा लिम्बुले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी