उपाधी दावेदार ईग्ल्याण्डमाथि अफगानिस्तानको सनसनीपूर्ण जीत

उपाधी दावेदार ईग्ल्याण्डमाथि अफगानिस्तानको सनसनीपूर्ण जीत

  • सोमवार, अशोज २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

असोज २९ काठमाण्डौँ । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड आइतबार विश्वकप २०२३ मा अफगानिस्तानको हातबाट स्तब्ध भएको छ । अफगानिस्तानले ६९ रनको सनसनीपूर्ण जित निकालेको हो । इंग्ल्यान्डमाथि अफगानिस्तानको यो पहिलो ऐतिहासिक जित हो । जितका लागि २ सय ८५ रन पछ्याइरहेको इंग्ल्यान्डले ४०.३ ओभरमा २ सय १५ रन बनाएर सबै विकेट गुमायो ।

ह्यारी ब्रुक्सले ६१ बलमा बनाएको ६६ रनले इंग्ल्यान्डका लागि कोही पनि ब्याटरको सबैभन्दा ठूलो योगदान रह्यो । उनको ब्याटबाट सात चौका र एक छक्का निस्केको थियो । ओपनर डाविड मानलले ३२ रन जोडे । नियमित अन्तरमा विकेट गुमाएको इंग्ल्यान्डका लागि अरू ब्याटरले गतिलो योगदान दिन सकेनन् । अफगान बलरमध्ये मुजिब रहमानले ५१ रनका तीन विकेट लिए ।

त्यस अगाडि अफगानिस्तानले ओपनर रहमानुल्लाह गुरबजको ८० रनको मदतले ४९।५ ओभरमा सबै विकेट गुमाउन अगाडि सय ८४ रन बनाएको थियो । गुरबजले ५७ बलमा आठ चौका र चार छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि इब्राहिम जारडनसँग मिलेर १ सय १४ रनको साझेदारी गरे ।

अफगानिस्तानका लागि मध्यक्रमका ब्याटटर इकरम इलखिलले पनि अर्धशतक पूरा गरे । उनले ६६ बलमा ५८ रन बनाए र त्यसमा तीन चौका तथा दुई छक्का सामेल थियो । इंग्लिस बलरमध्ये अदिल रसिदले ४२ रनमा तीन विकेट लिए । प्रतियोगितामा अफगानिस्तानको यो पहिलो जित हो भने इंग्ल्यान्डले आफूले खेलेको तीन खेलमा दोस्रो हार बेहोर्‍यो ।

उपाधी दावेदार ईग्ल्याण्ड लगातार दोस्रो पराजय पछि संकटमा पर्नेछ । सनसनीपूर्ण रुपमा अफगानिस्तानले हराउदा उसले भने प्रंशसा पाईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ