असोज २८ काठमाण्डौँ । विश्वकप क्रिकेट अन्तर्गत आफ्नो तेस्रो खेलमा पाकिस्तान आयोजक भारतसँग पराजित भएको छ । अहमदावादमा भएको खेलमा शुरुमा ब्याटिङ गरेको पाकिस्तानले उत्कृष्ट शुरुवात गरे पनि मध्यमक्रममा लगातार विकेट गुमेपछि ४२.३ ओभरमा १९१ रनमा अलआउट भयो । बाबर आजमले अर्ध शतक बनाए पनि पछिल्लो ३६ रन बनाउदा ८ विकेट गुमेपछि पाकिस्तान धराशायी बनेको हो ।
पाकिस्तानले दिएको १९२ रनको सामान्य लक्ष्य भारतले तीन विकेट गुमाएर ३१ औँ ओभरमा पुरा गर्यो ।
भारत र पाकिस्तानबीच एक दिवसीय विश्वकपमा ८ खेल भएका छन् । ती सबैमा भारत बिजयी भएको छ । भारतका लागि रोहित शर्माले अविजीत ८६ रन बनाए ।
जारी विश्वकपमा भारत लगातार तीन जीत सहित शीर्ष स्थानमा छ भने पाकिस्तान २ मा जीत र एकमा हार सहित शीर्ष ४ भित्र रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline