नेपाली सेनाद्धारा महायज्ञ स्थलमा भौतिक संरचनामा निर्माणमा सहयोग

नेपाली सेनाद्धारा महायज्ञ स्थलमा भौतिक संरचनामा निर्माणमा सहयोग

  • शनिबार, अशोज २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

दाङ, २७ असोज । घोराहीमा असोज २८ गतेदेखी हुने महायज्ञ स्थलको सरसफाईसँगै भौतिक संरचना निर्माणमा नेपाली सेनाले सहयोग गरेको छ । योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा असोज २८ देखी कार्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा गौमाता रक्षर्थ हुने ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मीक दशै महोत्सव’ स्थल कर्मचारी मिलन केन्द्रको घोराहीको नेपाली सेनाको टीमले सहयोग गरेको हो ।

समाजमा राष्टिय« एवं धार्मीक जनावर गाईको महत्व थप स्थापीत गर्ने एवं  योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्ययवस्थापन एवं गोवंश (गाई,गोरु,बाच्छा,बाच्छी) को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञ स्थलमा मन्दिर निर्माण लगायतका भौतिक संरचना निर्माणको काममा नेपाली सेनाले सहयोग गरेको आयोजक मूल समितिका संयोजक एवं  योगी आदित्यनाथ फाउण्डेशनका अध्यक्ष भरतनाथ योगीले जानकारी दिनुभयो ।

श्री रणसिंह गण दल भरतपुर ब्यारेक घोराहीको टिमले शुक्रवार र शनिवार भौतिक निर्माणमा सहयोग गरेको हो ।
विजयादशमी २०८० को अवसरमा असोज २८ देखी कार्तिक ५ गतेसम्म आयोजना गरिएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मीक दशै महोत्सव’ को वाचकमा अन्तराष्ट्रि«य स्वर्ण पदकबाट बिभुषीत प.अमृतशरण देबाचार्य रहनुभएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ