अबका कुनै पनि क्रिकेट प्रतियोगीता नखेल्ने क्रिकेटर सन्दीप लामिछानेको घोषणा

अबका कुनै पनि क्रिकेट प्रतियोगीता नखेल्ने क्रिकेटर सन्दीप लामिछानेको घोषणा

  • शुक्रबार, अशोज २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 34.9K
    SHARES

नेपालका अन्तराष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले अबका कुनै पनि प्रतियोगीता नखेल्ने घोषणा गरेका छन् । सन्दीपले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका हुन्।

गएराति सामाजिक सञ्जालमार्फत् उनले यस्तो घोषणा गरेका हुन्। ‘मैले भारी मनका साथ आगामी प्रतियोगिताहरूबाट नाम फिर्ता लिने निर्णय गरेको छु,’ लामिछानेले लेखेका छन्, ‘म यतिबेला मेरो जीवनकै कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिहरेको छु।’

‘अहिलेसम्म पाएका सबै आशिर्वाद र शुभकामनाहरूका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद,’ उनले लेखेका छन्।

लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। मुद्दाको पेसी बिहीबारको लागि तोकिए पनि सुनुवाइ हुन सकेन।

गत वर्षको भदौमा एक किशोरीले आफुमाथि जबरजस्ती करणी भएको भन्दै गौशाला प्रहरी वृत्तमा सन्दीपविरुद्ध जाहेरी दिएकी छन्। नाबालिक बालात्कार मुद्धाको आरोप लागेपछि सन्दीपको खेल जिवन उतारचढावपूर्ण बनेको छ।

नेपालले कार्तिक १ गतेदेखि घरेलु मैदानमा युएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी २० सिरिज खेल्दैछ। यो प्रतियोगीता सन्दीपले नखेल्ने भएका हुन् ।

आगामी टी २० विश्वकपको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिज खेल्न लागेको हो। सिरिज लगत्तै नेपालले घरेलु मैदानमा नै आइसिसी विश्वकप टी २० छनोट खेल्नेछ।

यो प्रतियोगीताका लागि सन्दीपको नाम राखिएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ