ईजरायलबाट २५३ जनाको उद्धार, बाँकी पनि थप जहाज पठाए ल्याउने सरकारको घोषणा

ईजरायलबाट २५३ जनाको उद्धार, बाँकी पनि थप जहाज पठाए ल्याउने सरकारको घोषणा

  • शुक्रबार, अशोज २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौँ असोज २६ । इजरायलमा रहेका २५४ नेपाली नागरिक शुक्रबार बिहान स्वदेश आइपुगेका छन् । नेपाल एयरलाइन्सको विमानबाट उनीहरुलाई सरकारले उद्धार गरेर ल्याएको हो ।

इजरायलमा अर्न एण्ड लर्न कार्यक्रममा गएका विद्यार्थीहरुसहित स्वदेश फर्कन लागेका नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलाई नै सरकारले पठाएको थियो ।

स्वदेश आएपछि त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले ब्रिफिङ गर्दै आवश्यकता अनुसार अरूलाई पनि देशमा फिर्ता ल्याउन सरकारले पहल गर्ने जानकारी दिए । उनले नियमित फ्लाईटहरु मार्फत् पनि ल्याइने जानकारी दिए । ुरेगुलर फ्लाईटबाट भएपनि नेपालीलाई देश फिर्ता गरिनेछ। परिवारले चिन्ता लिनु पर्दैन। सरकार समर्पित भएर लागेको छु उनले भने । ५०३ जनाले आउन आवेदन दिएकोमा अहिले २५४ जनालाई ल्याइएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।

उद्धारका लागि बिहीबार बिहान दुबई हुँदै गएको नेपाल एयरलाइन्सको विमान तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

यो पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि छन् । यीमध्ये धनबहादुर चौधरी आक्रमणबाट घाइते भएका छन् ।
आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन् । १७ जनाको समूहमा भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।

ईजरायलले युद्धको घोषणा भएका कारण तत्काल शब पठाउन नसकिने प्रतिकृया दिएपछि सरकारले त्यो भने प्रकृयामा रहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी