साम्बा ईजरायलबाट नेपाल आईन

साम्बा ईजरायलबाट नेपाल आईन

  • बिहिबार, अशोज २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड साबित्रा भण्डारी ‘साम्बा’इजरायलबाट नेपाल आइपुगेकी छन्। उनी गएराति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश शाहले जानकारी दिए।

उनी थाइल्याण्ड ट्रान्जिट हुँदै नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौं आइपुगेकी हुन्। उनलाई स्वागत गर्न एन्फाका प्रवक्ता शाह विमानस्थल पुगेका थिए।

उनी गत साउनमा इजरेली प्रिमियर लिग खेल्न इजरायल गएकी थिइन्। उनले हापोइल रानाना क्लबबाट खेलेकी थिइन्।

गत शनिबार प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले इजरायलमाथि आक्रमण गरेपछि साम्बा क्लबले उपलब्ध गराएको अपार्टमेन्ट छोडेर इजरायलस्थित नेपाली राजदूतका स्वकीय सचिव अर्जुन घिमिरेको परिवारसँग बस्दै आएकी थिइन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ