असोज २६ काठमाण्डौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमिमा आएर आज पूजा गरेका छन् । नेपालको कालापानी क्षेत्रमा मोदी हेलिकप्टरबाट आएर पूजाआजा गरेका हुन् ।
नेपालको उक्त भूमि सन् १९६२ पछि भारतले चीनसँगको युद्धपछि कब्जा गरेको थियो । यो भूमि फिर्ता गराउन सरकारले सामान्य प्रयास गरेपनि भारतले कैलास जाने बाटो खन्दै उल्टै पूजाआजा शुरु गरेको छ ।
नेपाली अतिक्रमित भूमिमा मोदीको यो गतिविधिका बाबजुद नेपालको सरकार प्रतिकृया विहीन रहेको छ ।
नेपाली अतिक्रमित भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यू, गर्ब्याङ गाउँका स्थानीयबासीसँग सामान्य छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार अनौपचारिक जानकारी अनुसार अतिक्रमित क्षेत्रमा भारतीय प्रधानमन्त्री भ्रमणमा पुगेको जानकारी लिएको र त्यसबाहेक अन्य कुनै जानकारी नआएको बताए ।
मोदीले भ्रमण गर्ने क्रममा स्वयं नेपाली जनतालाई नै सो क्षेत्रमा प्रवेश गर्न रोक लगाईएको छ ।