विश्वकप फुटवल छनौटको प्रारम्भिक चरणको खेलमा नेपालले आज लाओस बिरुद्ध खेल्दै

विश्वकप फुटवल छनौटको प्रारम्भिक चरणको खेलमा नेपालले आज लाओस बिरुद्ध खेल्दै

  • बिहिबार, अशोज २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

नेपाली राष्ट्रिय फुटबल टोलीले आज विश्वकप फुटवल छनौट चरणको पहिलो खेल घरेलु मैदानमा लाओससँग खेल्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बिहिबार साँझ साढे ५ बजे सुरु हुनेछ। फिफा वरियतामा नेपाल १ सय ७५औं स्थानमा छ। उता लाओस भने १ सय ८६औं स्थानमा छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले दुई महिनादेखि प्रशिक्षण गरिरहेकाले तयारी राम्रो रहेको बताए। उनले भने, ‘छनोटअघि हामीले दुई मैत्रीपुर्ण र लोकल म्याचहरूले सहयोग गरेको छ। हामी त्रिकोणात्मक सिरिजभन्दा राम्रो खेल प्रस्तुत गर्नेछौँ।’

प्रशिक्षक एनेसेले आफू धेरै बोल्नुभन्दा पनि बिहीबार खेलमा नै देखाउने बताए। यसअघि व्यावसायिक लिगका लागि भारतमा व्यस्त किरण कुमार लिम्बू पनि केहीदिन अघि स्वदेश फर्किसकेका छन्। किरणसँगै इन्डोनेसियामा रहेका डिफेन्डर रोहित चन्द र फरवार्ड मनिष डाँगी पनि स्वदेश फर्केर टिममा सामेल भएका छन्।

टोलीका कप्तान गोलरक्षक लिम्बूले विश्वकप अन्तर्गत पहिलो चरणको छनोटका लागि अहिलेसम्मकै लामो तयारी भएकाले टोली उच्च मनोबलमा रहेको सुनाए।
प्रशिक्षक एनेसेको भनाइमा सहमति जनाउँदै कप्तान लिम्बूले थ्री नेसन्सभन्दा बिहीबारको खेल फरक हुने बताए । कप्तान लिम्बूले बिहीबारको खेलमा ठूलो संख्यामा दर्शकको उपस्थितिको अपेक्षा गरेका छन्।

दर्शकहरूमा नयाँ संस्कृति देख्न नपाएको भन्दै उनले त्यो हेर्नका लागि आफू लालायित रहेको सुनाए। लाओसका मुख्य प्रशिक्षक कालाया सिसोम्वाङले नेपाल र लाओस दुवै टोली राम्रो रहेको बताउँछन्।

‘पहिलाको खेल मैत्रीपूर्ण रहेको र यो विश्वकप छनोट भएकाले आफूहरूले फरक खेल प्रस्तुत गर्ने उनले बताए। नेपालले गत चैतमा घरेलु मैदानमा भुटान र लाओससम्मिलित त्रिकोणात्मक सिरज खेलेको थियो। नेपालले लाओसलाई समूह चरणमा २–० ले तथा फाइनलमा २–१ को नतिजा हात पारेको थियो।

एसिया क्षेत्र छनोट अन्तर्गत पहिलो लेगमा नेपालले घरेलु मैदानमा खेल्न लागेको हो। घरेलु मैदानको खेलपछि नेपाली टोली अर्को खेलका लागि लाओस प्रस्थान गर्नेछ। दोस्रो लिग ३० गते मंगलबार लाओसको घरेलु मैदानमा हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ