विश्वकप फुटवल छनौटः प्रशिक्षक आशावादी, खेलाडी उत्साहित

विश्वकप फुटवल छनौटः प्रशिक्षक आशावादी, खेलाडी उत्साहित

  • बुधबार, अशोज २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने फिफा विश्वकपको एसिया छनोट भोलि बिहीबारबाट सुरू हुँदैछ। एसिया छनोटको पहिलो चरणमा वरीयताको पुछारमा रहेका २० टिमबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो चरण ड्रअनुसार दुई टिम एकआपसमा भिड्दैछन्। जसमा जित हात पार्ने टिम दोस्रो चरणमा पुग्नेछ।

नेपालले पहिलो चरणमा लाओसँग खेल्दैछ। बिहीबार पहिलो लेग दशरथ रंगशालामा हुनेछ भने दोस्रो लेग एक सातापछि लाओसमा हुनेछ।

एक्सपोजरका हिसाबले पहिलो चरणको छनोट नेपालसहित सबै २० टिमका लागि महत्वपूर्ण छ। किनभने दुई लेगमा जित हात पार्ने टिमले दोस्रो चरणको छनोट खेल्ने अवसर पाउनेछन्। दोस्रो चरणमा एसियाका शीर्ष वरीयताका टिम सम्मिलित समूहमा प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणमा एक टिमले ६ खेल होम एन्ड अवेका आधारमा खेल्नेछ।

पहिलो चरणमा जित हात पारे नेपाली फुटबल टिमको तालिका एक वर्षको बीचमा ६ खेल खेल्न पाउनेछ।

यद्यपी पहिलो चरणमा हार बेहोरेमा क्वालिफायर प्लेअफका लागि एक अवसर भने बाँकी हुनेछ।

एक्पोजरका हिसाबले महत्वपूर्ण मानिएको विश्वकप छनोटको पहिलो चरणमा नेपालले भिड्न लागेको टिम ‌लाओस नेपालका लागि समान स्तरको प्रतिद्धन्दी मानिन्छ । नेपालले अक्सर मंगोलियामाथि जीत हात पार्ने गरेको छ ।

फिफा वरीयतामा ११ स्थान तल रहेको लाओससँग नेपालले गत वर्ष खेलेको थियो। दशरथ रंगशालामा नेपालले प्रधानमन्त्री कपअन्तर्गत खेलेको दुई मैत्रीपूर्ण खेलमा दुवै खेलमा जित निकालेको थियो। नेपालले पहिलो खेलमा २–० र दोस्रो खेलमा २–१ गोलको जित निकालेको थियो।

भोलि हुने खेलका लागि आफूहरु तयार रहेको नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसे तथा कप्तान किरणकुमार लिम्बूले बताएका छन्।

प्रशिक्षकले आफूले खेलका लागि शतप्रतिशत दिने बताउँदै युवा खेलाडीबाट आसा गरेको बताए। साथै उनले भोलिको खेलमा समर्थकको धेरैभन्दा धेरै साथ पाउने विश्वास गरेका छन्। नेपाली टिमका प्रशिक्षक खेलमा आशावादी रहेका छन् भने टिम खेलका लागि उत्साहित रहेका छन् ।

नेपाली टिम यस प्रकार रहेको छ ।

गोलकिपर ः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेन्डर ः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, अमृत श्रेष्ठ, एरिक विष्ट

मिडफिल्डर ः सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, आशिष चौधरी

फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ