विश्वकप क्रिकेटमा न्युजिल्याण्डको दोस्रो जीत, आज बंगलादेश र ईग्ल्याण्ड तथा पाकिस्तान र श्रीलंका भीड्दै

विश्वकप क्रिकेटमा न्युजिल्याण्डको दोस्रो जीत, आज बंगलादेश र ईग्ल्याण्ड तथा पाकिस्तान र श्रीलंका भीड्दै

  • मङ्लबार, अशोज २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार दोस्रो जित निकालेको छ। सोमबार न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले हराउँदै जारी विश्वकपमा लगातार दोस्रो जित निकालेको हो।

हैदरावादस्थित राजीव गान्धी इन्टरनेसनल क्रिकेट स्टेडियममा न्युजिल्यान्डले दिएको ३२३ रनको फराकिलो लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६।३ ओभरमा अल(आउट हुँदै २३३ रनमा समेटियो।

नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले सर्वाधिक ६९ रन बनाए। उनले ७३ बलमा ५ चौका प्रहार गरे।

कप्तान स्कट एडवार्ड्सले २७ बलमा २ चौका र एक छक्कासहित ३० रन बनाए। सिब्रान्ड एंगलब्रेक्टले २९, तेजा निदमनुरू २१ बास दे लिड्स १६ र विक्रमजित सिंह १२ रन बनाएर आउट भए।

बलिङमा न्युजिल्यान्डका मिचेल सान्तनरले सर्वाधिक ५ विकेट लिए। म्याट हेनरीले ३ र रचिन रवीन्द्रले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पूरा ५० ओभर खेलेर ७ विकेटको क्षतिमा ३२२ रन बनाएको थियो।

न्युजिल्यान्डका लागि विल योङले ८० बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७० रन बनाए। कप्तान टम लाथमले ४६ बलमा ६ चौका र एक छक्कासहित ५३ रन बनाए। ५१ बल खेलेका रचिन रवीन्द्रले ३ चौका र एक छक्कासहित ५१ रन बनाए।

त्यस्तै डेरिल मिचेलले ४७ बलमा ५ चौका र २ चक्कासहित ४८ रनको योगदान गरे। चेल सान्तनरले ३६, डेभन कनवेले ३२ र म्याट हेनरीले १० रन जोडे।

न्युजिल्यान्डले यसअघि विश्वकपको उद्घाटन खेलमै साविक विजेता इंग्ल्यान्डलाई पराजित गरेको थियो।

विश्वकपमा आज इंग्ल्यान्ड र बंगलादेश तथा पाकिस्तान र श्रीलंकाबीच खेल हुनेछ। ईग्ल्याण्ड र बंगलादेशबीचको खेल सवा १० बजेपछि र पाकिस्तान श्रीलंकाको खेल सवा २ बजेपछि शुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ