विश्वकप क्रिकेट : भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो, आज न्युजिल्याण्ड र नेदरल्याण्ड भीड्दै

विश्वकप क्रिकेट : भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो, आज न्युजिल्याण्ड र नेदरल्याण्ड भीड्दै

  • सोमवार, अशोज २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी असोज २२ । आईसीसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा भारतले अस्ट्रेलियालाई पराजित गरेको छ। भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको हो। जारी प्रतियोगितामा भारतको यो पहिलो जित हो।

भारतको चेन्नईमा टस जितेर अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रन बनायो। भारतले दुई सय रनको विजय लक्ष्य ४१ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो।

भारतका लागि केएल राहुलले अविजित ९७ रन बनाए। उनले ११५ बल खेल्ने क्रममा दुई छक्का र आठ चौका हाने। यस्तै विराट कोहलीले ११६ बलमा ६ चौकाको मद्दतमा ८५ रन बनाए। हार्दिक पण्ड्याले अविजित ११ रन बनाए।

भारतले सुरुआतमै तीन विकेट गुमाएको थियो। भारतीय कप्तान रोहित शर्मा, इशान किशन र श्रेयस अय्यर रन नबनाइकन आउट भएका थिए। बलिङतर्फ अस्ट्रेलियाका जोश हाजेल्वुडले तीन तथा मिचेल स्टार्कले एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गर्ने क्रममा अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रनको योगदान दिए। उनले ७१ बलमा पाँच चौका प्रहार गरे।

यस्तै डेविड वार्नरले ५२ बलमा छ चौकासहित ४१, कप्तान प्याट कमिन्सले २४ बलमा एक चौका र एक छक्कासहित १५ तथा मिचेल स्टार्कले ३५ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए।

बलिङतर्फ भारतका रवीन्द्र जडेजाले तीन, कुलदीप यादव र जस्प्रित बुमराहले दुईरदुई तथा हार्दिक पान्ड्या, मोहम्मद शिराज र रविचन्द्रन आश्विनले एकरएक विकेट लिए।

यसै गरी आज न्युजिल्याण्ड र नेदरल्याण्डबीच खेल हुनेछ । खेल सवा २ बजेपछि शुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ