ईजरायलबाट फर्किन चाहने नेपालीलाई तत्काल स्वदेश फर्काउने सरकारको तयारी

ईजरायलबाट फर्किन चाहने नेपालीलाई तत्काल स्वदेश फर्काउने सरकारको तयारी

  • सोमवार, अशोज २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

असोज २२ काठमाण्डौँ । ईजरायल र हमास समुहबीच युद्ध चर्किएको र त्यसमा १० जना नेपालीको समेत ज्यान गएको पुष्टी भएपछि सरकारले त्याहाँ रहेका कामदार र विद्यार्थीलाई स्वदेश फर्काउने तयारी गरेको छ । आउन चाहने सबै नेपालीलाई अनलाईन मार्फत विवरण संकलन गरेर स्वदेश ल्याउन लागिएको हो । परराष्ट्र मन्त्रीको संयोजकत्वमा बनेको समिति र दुतावासले यस सम्बन्धि तयारी थालेको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार राती जारी गरेको प्रेस विज्ञप्तिमा छ,ुइजरायलबाट स्वदेश फर्कन ईच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी जनाईएको छ ।

तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरणहरु उपलब्ध गराईएकोले उनीहरु मार्फतआवश्यक जानकारी लिन र सम्पर्कमा रहन मन्त्रालयले अनुरोध गरेको छ ।

१० मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाईतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भईसकेको मन्त्रालयले जनाएको छ। ुपछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकहरुले ज्यान गुमाएका, एक जना सम्पर्क विहिन रहेका र केही घाईते अवस्थामा रहेका पुष्टि भएको छ। मृतकहरुको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको छु विज्ञप्तिमा छ,ुमृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाईतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भईसकेको छ।

हमास र ईजरायलबीच युद्ध जारी रहेका कारण नेपालीलाई सुरक्षित रुपमा निकाल्न सरकारले तयारी गरेको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी