छपकैयाकी ब्युटिसियन पुनमदेवीकोे हत्यामा संलग्न रहेको आरोपमा ईमरान मियाँ पक्राउ

छपकैयाकी ब्युटिसियन पुनमदेवीकोे हत्यामा संलग्न रहेको आरोपमा ईमरान मियाँ पक्राउ

  • आइतवार, अशोज २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

वीरगन्ज,२१असोजः वीरगन्जको छपकैयामा गत शुक्रबार हत्या गरिएकी ब्युटिसियन पुनमदेवी सर्राफको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार पत्रकार सम्मेलन गरि , पुनमदेवीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका २५ वर्षिय इमरान मियाँलाई सार्वजनिक गरेको हो ।

वीरगन्ज १ छपकैयाकै गगनदेव साहकी पत्नि ४० वर्षिय पुनमदेवी सर्राफ, गत शुक्रबार बिहान आफनै घरभित्र रक्ताम्य अवस्थामा अचेत फेला परेकोमा उपचारका क्रममा उनको त्यहिदिन बिहान ७।३० बजे मृत्यु भएको थियो ।

पक्राउ परेका इमरानले पुनमदेवीको हत्या आफैंले गरेको स्ववीकार गरिसकेको पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरक्षिाक कोमल शाहले बतााए ।उनि लागु पपदार्थको दुव्र्यसनीसमेत रहेको अनुसन्धानका क्रममा खुलेको शाहले जानकारी दिए ।

शाहका अनुसार , गत शुक्रबार बिहान ३ बजेतिर चोरी गर्ने उदेश्यले इमरान पुनमदेवीको घरको झयालबाट छतमा चढेर सिढिंघर हुदैं पुनमदेवी सुतेको कोठाभित्र पसेका थिए । घरमा एक्लै रहेकी पुनमदेवी उठेर जितीया पर्वको तयारीमा लागेकै बेला इमरानको उनिसंगग जम्काभेट भएपछि दुवैजना बिच घम्साघम्सी भएको थियो । त्यसक्रममा इमरानले फलामको मोटो रडले पुनमदेवीको टाँउकोमा चार पटक हानेर रक्ताम्ये बनाएपछि घरको मूल ढोकाबाट बाहिर निस्किएर ढोकामा बाहिरबाटै चुकुल लगाएर भागेका थिए ।

बिहान ३।३० बजेतिर जिउतीया पर्वका लागि पुनमदेवीकी दिदी बहिनीको घरमा पुग्दा सुत्ने ओछ्यानमा पुनमदेवी रक्ताम्ये भई अचेत अवस्थामा फेला परेपछि छिमेकीलाई खबर गरेकी थिइन् ।सुरुमा नारायणी अस्पतालमा प्राथमिक उपचार गरी नेशनल मेडिकल कलेजमा भर्ना गरिएकी पुनमदेवीको उपचारका क्रममा बिहान ७।३० बजे मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले शनिबार मृतक पुनमदेवीले ब्युटिपार्लर सञ्चालन गरेको घरधनीका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । तर हत्यामा उनको संलग्नता ननदेखिएपछि उनलाई रिहा गरिएको प्रहरी उपरक्षिक शाहले पत्रकार सम्मेलनमा जानकारी दिए ।पक्राउ परेका इमरानलार्ई भने पर्सा जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको शाहले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ