चीनमा १९ औँ एशियाली खेलकुद भव्यताका साथ सम्पन्न

चीनमा १९ औँ एशियाली खेलकुद भव्यताका साथ सम्पन्न

  • आइतवार, अशोज २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

२१ असोज, चप्न । तीन वर्षपछि जापानमा भेट्ने वाचासहित १९औं एसियाली खेलकुद (एसियाड) को आइतबार भव्य समापन भएको छ । हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा भव्य समारोहकाबीच हान्झाउ एसियाडको समापन गरिएको हो । बिग लोटस स्टेडियममा करिब दुई घण्टा चलेको समारोहमा विभिन्न प्रस्तुति गरिएको थियो ।

२०२६ मा हुने २०औं संस्करणको आयोजक जापानको आइची नागोयालाई झण्डा हस्तानतरण गर्दै १९औं एसियाड समापन भएको हो । समापन समारोहमा चीनका प्रधानमन्त्री लि छ्याङ उपस्थित थिए ।

एसियन गेम्सको सेलेब्रेसन सहित सहभागी देशका खेलाडीको मार्च पास गरिएको थियो । समापन समारोहका १९औं एसियाडको भिडियो हाईलाइट्ससहित विभिन्न उत्कृष्ट क्षणहरुको भिडियो देखाइएको थियो ।

यस्तै तीन वर्षपछि २०औं एसियाड आयोजना गर्ने आइची नागोया शरहको कलात्मक प्रस्तुति समेत देखाइएको थियो ।

यस्तै डिजिटल टर्चबियरले ओलम्पिक ज्योती निभाएका थिए ।

कोभिड १९ का कारण एक वर्ष पछि सरेको एसियाडलाई भव्य बनाउनका लागि चीनले व्यापक प्रयास गरेको थियो ।

२३ सेप्टेम्बर मा चिनियाँ राष्ट्रपति सि जिङफिङले उद्घाटन गरेको १९औं एसियाड १६ दिन सञ्चालन भएको थियो । आयोजक चीनले पदक तालिकामा दबदबा कायम राख्यो ।

अहिलेसम्मकै ठूलो एसियाडको रुपमा रहेको हान्झाउमा ४५ देशका १२ हजार भन्दा बढी खेलाडी ले ४८१ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । सहभागी ४५ मध्ये ४१ राष्ट्रले पदक जिते ।

जसमा आयोजक चीनले कीर्तिमानी २०१ स्वर्ण जित्दै आफ्नो प्रभुत्व कायम राख्दा जापान दोस्रो र दक्षिण कोरिया तेस्रो भयो ।

जापान ५२ स्वर्ण ६७ रजत ६९ कास्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कास्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो ।

भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । ३८ रजत ४१ कास्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो । नेपाल एक रजत र एक कास्य जित्दै संयुक्त रुपमा ३३औं स्थानमा रह्यो । नेपालक लागि करातेकी एरिका गुरुङले रजत र महिला कबड्डी टिमले कास्य जिते ।

समापन समारोहको मार्सपासमा नेपालको झण्डा ऐतिहासिक रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङले बोकेकी थिइन् । नेपालले २९ खेलमा २५३ खेलाडी सहभागि गराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ