महेन्द्रनगरका मसाज सेन्टरमा यौनजन्य गतिबिधी, प्रहरीको छापा

महेन्द्रनगरका मसाज सेन्टरमा यौनजन्य गतिबिधी, प्रहरीको छापा

  • आइतवार, अशोज २१, २०८०
  • डम्मर दत्त भट्ट

  • 11.6K
    SHARES

कञ्चनपुर ,असोज २१ ।
कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा रहेका मसाज सेन्टरमा यौनजन्य गतिबिधी भईरहेको पाईएको छ । प्रहरीले भीमदत्त नगरपालिका महेन्द्रनगरका मसाज (स्पा)सेन्टरमा अनुगमन गर्दा यौनजन्य गतिबिधी भईरहेको भेटाएको छ ।

महेन्द्रनगरका मसाज सेन्टरमा यौनजन्य गतिबिधी भईरहेको गुनासो आएपछि प्रहरीले आइतबार ति समाज सेन्टरमा छापा हानेको थियो । प्रहरी टोली पुग्दा मसाज गराउन आएका केही ग्राहक सिङ्गै नाङगो अवस्थामा भेटिएका थिए, जबकी मसाज सेन्टरमा पुरै नाङगो भएर समाज गराउन मापदण्ड नै छैन । तर, महेन्द्रनगरका केही मसाज सेन्टरमा यसरी युवती मार्फत नाङगै भएर समाज गराउने कार्यले यौनजन्य गतिबिधी भईरहेको पुष्टी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी पुष्कर राज पन्तले चार मसाज सेन्टरमा छापा मारेको बताए । उनका अनुसार भीनपा ४ महेन्द्रनगरको ग्ल्यामर, भीनपा ५ बनखेतको ग्ल्यामर, बनखेतकै कोहिनुर, भीनपा ६ ऐठपुरको डाईमण्ड स्पामा छापा हानिएको छ ।

प्रहरीका सुचना अधिकारी पन्तले रामसिह विष्ट संचालक रहेको बनखेतको ग्ल्यामर स्पाबाट म्यानेजर महेश पाल, नरेन्द्र शाह संचालक रहेको कोहिनुर स्पाबाट म्यानजेर दया भट्ट सहित ७ महिला, ८ पुरुषलाई पक्राउ गरिएको बताए । स्पाबाट पक्राउ परेका महिला कामदार हुन् भने पुरुष ग्राहक हुन । ६ भारतीय पुरुष रहेका छन । मसाज सेन्टरमा प्रहरी पुग्दा ग्राहक आपत्तिजनक अवस्था भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले स्पा सेन्टरमा अनैतिक गतिबिधी भईरहेको गुनासो आईरहेको बताए ।

यौनजन्य हर्कत भईरहेको गुनासो आएपछि प्रहरीले केही स्पाहरुमा छापा हानेको बताए । ‘समाजलाई अपाच्य हुने हर्कत देखिए, ‘एसपी थापाले भने, ‘अब उहाँहरुमाथि कानुनी प्रकृयादेखि थप विषयमा छानबिन गछौँ ।’ नितान्त व्यवसायिक ढङगले समाजलाई पाच्य हुने काम भन्दा पृथक काम गरेको पाईएको एसपी थापाले बताए ।

पक्राउ परेका कामदार, ग्राहक तथा संचालकमाथि आवश्यक थप अनुसन्धान गरेर कानुनी कार्बाही गरिने एसपी थापाले बताए । यसरी चार मसाज सेन्टरमा प्रहरीले छापा हानेपछि अन्य मसाज सेन्टर त्रसित भएका छन । स्पामा यौनजन्यधन्दा बारे केही संचार माध्यममा समाचार प्रकासित भएको सातामै प्रहरीले मसाज सेन्टरमा एक्सन गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ