दुखद खबर : ईजरायल युद्धमा दश नेपाली बिद्यार्थीको मृत्यु

दुखद खबर : ईजरायल युद्धमा दश नेपाली बिद्यार्थीको मृत्यु

  • आइतवार, अशोज २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाण्डौँ असोज २१ । ईजरायलमा १० नेपाली बिद्यार्थी मारिएका छन् । हमास लडाकु समुहले अचानक ईजरायलमा गरेको भीषण आक्रमणमा परी ती विद्यार्थीको मृत्यु भएको हो ।

ईजरायलको किवुज अलुमिनमा रहेका १७ नेपाली बिद्यार्थी मध्य १० जनाको मृत्यु भएको नेपाली राजदुतावासका अधिकारीहरुले जनाएका छन् । ती विद्यार्थीहरुको हिजोबाट सम्पर्क टुटेको थियो ।

अझै थप एक जना बिद्यार्थी बेपत्ता छन् भने चार जनाको उपचार भईरहेको छ ।

यो विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थीहरु पठाएका थिए । जसमध्ये ११ जना छात्रा छन् । उनीहरू यो क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ । ४९ जना विद्यार्थीहरुलाई ६ वटा समूहमा बिभाजन गरी अलग–अलग कृषि फार्ममा पठाएक थिए । ३२ जना कृषि विद्यार्थीहरु भने बिभिन्न कृषि फार्ममा रहेको वंकरमा सुरक्षित छन् ।

अझै पनि हमास र ईजरायली सेनाबीच युद्ध जारी रहेकाले नेपालीको सुरक्षा थप जोखिममा परेको छ । ईजरायलमा ४५ सय बढी बिद्यार्थी र कामदारका रुपमा नेपाली रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ