विश्वकप क्रिकेट : दक्षिण अफ्रीकाको रेकर्ड ब्रेक जीत

विश्वकप क्रिकेट : दक्षिण अफ्रीकाको रेकर्ड ब्रेक जीत

  • आइतवार, अशोज २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

असोज २१ काठमाण्डौँ । एडेन माक्रमले विश्वकप क्रिकेट इतिहासकै सबैभन्दा छिटो शतक बनाउँदा दक्षिण अफ्रिकाले शनिबार श्रीलंकामाथि कीर्तिमानी स्कोरसहित १ सय २ रनको विजय हात पारेको छ । दक्षिण अफ्रिकाले ५ विकेट गुमाई ४ सय २८ रन बनायो, यो एक दिवसीयमा कुनै पनि टिमले बनाएको अहिले सम्मकै उच्च स्कोर हो ।

अस्ट्रेलियाले सन् २०१५ मा पर्थमा अफगानिस्तानविरुद्ध यसअघि ४ सय १७ रन बनाएको थियो । दक्षिण अफ्रिकाको स्कोर एकदिवसीय अन्तर्राष्ट्रियकै नवौं उच्च स्कोर हो । माक्रमले ५४ बलमा १ सय ६ रन बनाए । उनले ४९ बलमै शतक बनाएर विश्वकपको सबैभन्दा छिटो शतकमा आफ्नो नाम लेखाए । आयरल्यान्डका केभिन ओ’ब्राइनले २०११ मा बेंगलुरुमा इंग्ल्यान्डविरुद्ध ५० बलमा शतक बनाएका थिए ।

माक्रमले कुल १४ चौका र ३ छक्का प्रहार गरे । यसै गरी रोसी भान डेर डुसेनले १ सय ८ र क्विन्टन डी ककले पनि १ सय रन बनाएका थिए । विश्वकपमा पहिलो पटक एकै इनिङ्समा तीन शतक सम्भव भएको थियो । जबाफमा आएको श्रीलंकाले केही प्रतिरोध गरे पनि टोली ४४.५ ओभरमा ३ सय २६ रनमै अलआउट भयो ।

यसै गरी , यस अघि पहिलो खेलमा शनिबार बंगलादेशले अफ्गानिस्तानमाथि ६ विकेटको जीत हात पार्यो । टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १ सय ५६ रनमा अलआउट भयो ।

कप्तान सकिब अल हसनले पनि ३० रन खर्चेर ३ विकेट लिएपछि अफगानिस्तान संकटमा परेको थियो । एक समय ४७–१ हुँदै ११२–२ को राम्रो स्थितिमा रहेको अफगानिस्तानले अन्तिम ८ विकेट ४४ रनमा गुमाएको थियो । चार वर्षअघिको पछिल्लो विश्वकपमा पनि शकिबले अफगानिस्तानविरुद्ध २९ रन खर्चेर ५ विकेट लिएका थिए । अफगानिस्तानबाट ओपनर रहमनुल्लाह गुरबाजले ४७ रन बनाएका थिए ।

दुई पटक जीवनदान पाएका मिराजले त्यसपछि ५७ र नोजमुल हुसैन सान्तोले अविजित ५९ रन बनाएपछि बंगलादेशले १५ भन्दा बढी ओभर बाँकी रहँदै खेल जितेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ