सुन प्रकरणमा पक्राउ परेका २५ जना जेल चलान, एक जनासँग पाँच लाख धरौटी माग

सुन प्रकरणमा पक्राउ परेका २५ जना जेल चलान, एक जनासँग पाँच लाख धरौटी माग

  • शनिबार, अशोज २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

६१ किलो किलो सुन प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो। पक्राउ परेकामध्ये एक जनासँग भने धरौटी माग गरिएको छ। भन्सार एजेन्ट रूक्मिना सुब्बासँग पाँच लाख धरौटी माग गरिएको हो ।

भदौ ३१ गते सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २९ जनामाथि मुद्दा दायर गरेको थियो। काठमाडौंमा जिल्ला अदालतमा दायर मुद्दामा तीन अर्ब ५० करोड रुपैयाँ बिगो दाबी गरिएको छ।

उनीहरुविरुद्ध अवैध चोरी पैठारी, नेपाल राष्ट्र बैंक ऐन र संगठित अपराधसमेतको कसुरमा मुद्दा चलाइएको छ। हङकङबाट ब्रेक शुमा लुकाएर ल्याएको सुन साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी