संयुक्त राष्ट्रसङ्घका महासचिवको लुम्बिनी भ्रमणमा, लुम्बिनी विकास कोषले थाल्यो स्वागतको तयारी

संयुक्त राष्ट्रसङ्घका महासचिवको लुम्बिनी भ्रमणमा, लुम्बिनी विकास कोषले थाल्यो स्वागतको तयारी

  • शुक्रबार, अशोज १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

असोज १९, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउने भएका छन् । महासचिव गुटर्रेस नेपाल भ्रमणको क्रममा लुम्बिनी भ्रमण गर्ने निश्चित भए सगै लुम्बिनी विकास कोषले भ्रमणको लागि सरोकारवालाहरु सग छलफल सुरु गरेको छ।

शुक्रबार दिउसो संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको लुम्बिनीमा स्वागत एवं भ्रमण बारे जानकारी गराउदै संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले बारे सरोकारवालाहरु सगको संयुक्त छलफल गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी सहितको उपस्तिथि रहेको छलफलमा सरोकारवालाहरु सग विशेष गरि महासचिव एन्टोनियो गुटर्रेसको लुम्बिनी भ्रमणमा स्वागत एवं लुम्बिनीको सम्बर्द्धन र सहयोगको लागि अपिल गर्ने साथै विश्वभर बुद्धको पवित्र जन्मस्थल लुम्बिनी बारे प्रचार-प्रसार गर्ने छलफलको उद्देश्य रहेको लुम्बिनी विकास कोषका सदस्य सचीव सानुराज शाक्यले बताएका हुन् ।

असोज २६ गतेदेखि तीन दिनको लागि महासचिव गुटर्रेस नेपालमा रहने बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ