पुनवदेवीको आफ्नै घरमा टाउकोमा धारीलो हतियार प्रहार गरी हत्या

पुनवदेवीको आफ्नै घरमा टाउकोमा धारीलो हतियार प्रहार गरी हत्या

  • शुक्रबार, अशोज १९, २०८०
  • दीपक चौरासीया

  • 5.6K
    SHARES

बिरगंज १९असोज । वीरगन्जमा आफ्नै घरमा एक महिलाको हत्या भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा गगनदेव साहकी पत्नि ४० वर्षिय पुनमदेवी साहको हत्या भएको हो ।

प्रहरीका अनुसार, शुक्रबार बिहान टाँउकोमा घरेलु हतियारले हानेर गम्भीर अवस्थामा भेटिएकी पुनमदेवीलाई उपचारका लागि सुरुमा नारायणी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेशनल मेडिकल कलेजमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेकोे प्रहरीले जनाएको छ ।

शव पोष्ट मार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै हत्याको यकिन कारण खुल्ने एक प्रहरीले अधिकृतले बताए । प्रहरीका अनुिार, पुनमदेवीको हत्या कसले र किन गरेकोे भन्ने खुल्न सकेको छैन ।

मृतक पुनमदेवी घरमा ऐक्लै बस्दै आएकी थिइन् । पति गगनदेव कामको शिलशिलामा भारतमा र छोरापनि अध्ययनको लागि भारतकै दिल्लीमा रहेका छन् ।
घटनाका बारेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ