भन्सार छलीका अवैध सामान बरामद

भन्सार छलीका अवैध सामान बरामद

  • शुक्रबार, अशोज १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

बिराटनगर, असोज १९ गते ।

मोरङको बिराटनगर १४ र १५ स्थितबाट अवैध भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (PIT) बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवस्थामा कुर्था सुरुवाल, लेडिज टप्स, जेन्स अण्डरवेयर समेत गरी करिव १ लाख ४ हजार ७ सय ५० रुपैया मुल्य वरावरको सामान बरामद गरेको हो ।

बरामद गरिका उक्त सामग्रीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाईएको छ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सिमावर्ति क्षेत्र तथा अन्य स्थानमा प्रहरीले थप कडाइका साथ चेकजाँच शुरु गरेको छ ।

सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन

मोरङको बिराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी कडाईका साथ चेकजाँच सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०” अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सिमावर्ति क्षेत्र तथा अन्य स्थानमा थप कडाइका साथ चेकजाँच शुरु गरिएको हो । कोशी प्रदेशको मुख्य नाका रहेको बिराटनगरको जोगवनी तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार तथा अन्य अपराधिक गतिबिधी नियन्त्रणको लागि २ वटा तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोली परिचालन गरी सिमा नाकामा आवत जावत गर्ने शंकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गर्न सुरु गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ