चेतन मानन्धरको हत्यामा दोषी रिगललाई आममाफी दिएको बिरुद्ध परेको रिटमा सर्वोच्चले आज सुनुवाई गर्दै

चेतन मानन्धरको हत्यामा दोषी रिगललाई आममाफी दिएको बिरुद्ध परेको रिटमा सर्वोच्चले आज सुनुवाई गर्दै

  • बिहिबार, अशोज १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा हानेर हत्या गरेको अभियोगमा जन्मकैद पाएका योग ढकाल (रिगल) लाई राष्ट्रपतिले माफी दिएकोविरुद्ध सर्वोच्च अदालतमा परेको रीटमा बिहीबार सुनुवाई हुने भएको छ ।

हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारतीले दिएको मुद्दालाई बिहीबारका लागि पेशीमा चढाइएको छ । माफीविरुद्ध रीट हालेकी भारती भने बुधबार सर्वोच्च अदालतमा तारेख बुझ्न जाने क्रममा सर्वोच्च परिसरमै ढलेकी थिइन ।

भारतीलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ । श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी थिइन् । उनले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थालेकी हुन् ।

रिगलविरुद्ध २०७२ असार २८ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ