आजबाट विश्वकप एक दिवसीय क्रिकेट शुरु हुँदै

आजबाट विश्वकप एक दिवसीय क्रिकेट शुरु हुँदै

  • बिहिबार, अशोज १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण बिहीबारदेखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता इङ्गल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबीच हुनेछ । उद्घाटन खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलाइने छ ।

प्रतियोगिताको उद्घाटन खेल दिवा—रात्रि रूपमा खेलाइने छ । खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो दिन एउटा खेलमात्र खेलाइने छ । प्रतियोगिताका खेलहरू भारतका विभिन्न १० वटा सहरका १० वटा रङ्गशालामा खेलाइने छ ।

यस पटक विश्वकपमा १० वटा टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा आयोजक भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अस्ट्रेलिया, इङ्गल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, नेदरल्यान्ड्सको सहभागिता रहने छ । इङ्गल्यान्ड, अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड एकदिवसीय विश्वकपको १३ वटै संस्करणमा सहभागिता जनाउने राष्ट्र हुन् ।

प्रतियोगिताको लिग चरणमा सहभागी १० वटै राष्ट्रले एक अर्कासँग एक—एक खेल खेल्नेछन् । लिग चरणको समाप्तिपछि अङ्क तालिकाको सबैभन्दा माथि रहने चारवटा टोली प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गर्नेछन् ।

सेमिफाइनल खेलमा विजयी हुने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९ तारिखमा अहमादाबादमा खेलाइने छ । प्रतियोगिता अवधिभरमा कुल ४८ वटा खेल खेलाइने छ । त्यसमध्ये लिग चरणमा ४५ वटा खेल खेलाइने छ ।

लिग चरणका खेलमध्ये ३९ वटा खेल दिवा—रात्रि रूपमा खेलाइने छ । सेमिफाइनलका दुई खेल पनि दिवा—रात्रि नै हुनेछन् । फाइनल खेल पनि दिवा—रात्रि नै हुनेछ । त्यसैले विश्वकपमा सहभागी कुल ४८ मध्ये ४२ खेल दिवा—रात्रि रूपमा खेलाइने छ ।

एकदिवसीय विश्वकपको पहिलो संस्करण सन् १९७५ मा आयोजना भएको थियो । पहिलो र दोस्रो विश्वकपको उपाधि वेस्ट इन्डिजले जितेको थियो । तर, यस पटक विश्वकपमा वेस्ट इन्डिज छनौट हुन सकेन ।

सबैभन्दा बढी एकदिवसीय विश्वकपको उपाधि जित्ने राष्ट्र अस्ट्रेलिया हो । अस्ट्रेलियाले हालसम्म पाँच पटक एकदिवसीय विश्वकपको उपाधि जितिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ