न्युजिल्याण्डका ४ सहरमा दशैँ धमाका हुदैँ, प्रमोद, मेलिना र सुमनले दर्शक झुमाउँदै

न्युजिल्याण्डका ४ सहरमा दशैँ धमाका हुदैँ, प्रमोद, मेलिना र सुमनले दर्शक झुमाउँदै

  • बिहिबार, अशोज १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

नेपालीहरुको चाडबाड बढेसंगै विदेशमा कार्यक्रम आयोजनाको रफ्तार बढेको छ। नजिकिदै गरेको दशैँको अवसर पारेर न्युजिल्याण्डमा ुदशैँ धमाकाु कार्यक्रम हुने भएको छ। निकै कम मात्रामा नेपाली कार्यक्रम हुने देश मध्ये एक हो न्युजिल्याण्ड। न्युजिल्याण्डमा यसपटक गायक प्रमोद खरेल, मेलिना राई र हाँस्यव्यङ्ग्य कलाकार सुमन कार्कीले दर्शकहरुलाई मनोरञ्जन दिलाउने छन्।

काठमाण्डौँमा एक कार्यक्रमको आयोजना गरि न्युजिल्याण्डमा हुने कार्यक्रमबारे जानकारी दिइएको हो। ुलाखे इभेन्टुको आयोजनामा रहेको कार्यक्रम ुदशैँ धमाकाुलाई इन्फोमेटिक कन्सल्टेन्सी पुतलीसडकले साथ दिएको छ।

न्युजिल्याण्डमा पहिलो पटक आफू जान लागेको पत्रकारहरुलाई बताउँदै गायक प्रमोद खरेलले यो दशैँमा धमाका गर्नका लागि तयार रहन न्युजिल्याण्डको दर्शकलाई आग्रह गरेका छन्। एडमन्ड हिलारीको देशको रुपमा चिनिएको देश न्युजिल्याण्डमा जान आफू उत्साहित रहेको प्रमोदले बताए।

हाँस्यकलाकार सुमन कार्कीले आफ्नो जीवनको पहिलो दशैँ दर्शकहरुसंग हुने भएको हुदाँ उत्साहित भएको बताए। घर परिवारसंग यसपाली दशैँ मनाउन नपाउने भएता पनि दर्शकसंग मायाले उर्जा दिनेमा विश्वास रहेको बताए।

इन्फोमेटिक कन्सल्टेन्सीका प्रमुख ज्ञानेन्द्रमान जोशीले न्युजिल्याण्डमा नेपाली कार्यक्रम निकै कम हुने भएता पनि लाखे इभेन्टले नियमित कार्यक्रम गर्ने हुदाँ यस वर्षको दशैँ विशेष कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे। न्युजिल्याण्डका विभिन्न ४ वटा सहरमा कार्यक्रम हुने जोशीले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी