दिपेन्द्र सिंह ऐरी र सन्दीप जोरा क्रिजमा टिकेको भए नेपालले भारतलाई हराउने थियो : कप्तान पौडेल

दिपेन्द्र सिंह ऐरी र सन्दीप जोरा क्रिजमा टिकेको भए नेपालले भारतलाई हराउने थियो : कप्तान पौडेल

  • मङ्लबार, अशोज १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भारतविरुद्ध दीपेन्द्र सिंह ऐरी र सन्दीप जोरा क्रिजमा रहँदा जित्छौँ भन्ने लागेको भए पनि अन्तिममा हार्न पुगेको स्वीकार गरेका छन । आफूहरुले आफ्नो स्ट्यान्डर्ड अनुसार राम्रो गर्न नसकेको पनि उनले बताएका छन्।

चीनको हाङझाओमा जारीमा १९ औं एसियन गेम्स अन्तर्गत टी–२० क्रिकेटको पहिलो क्वार्टरफाइनलमा नेपाली टोली भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको छ।
खेलपछि पत्रकारसँग कुरा गर्दै कप्तान पौडेलले भने, ‘जोरा सन्दीप जोरा र दिपेन्द्रसिंह ऐरीले खेल्दा डगआउटमा हामी जित्छौँ भन्ने थियो। उनीहरुमध्ये एकजना टिकेको भए जित्न सकिन्थ्यो।

विश्वकप छनोटअघि उहाँ फर्ममा आउनु र टिम पनि फर्ममा हुँदा राम्रो महसुस भएको छ। अन्तिममा सन्दीप जोरा र दीपेन्द्र सिंह ऐरीको ब्याटिङ एकदम राम्रो थियो। अन्तिममा करण केसीले पनि राम्रो खेलेको थियो।’

यद्यपि कप्तान पौडेलले आफूहरु भारतविरुद्ध नेपालको स्तर अनुसार प्रर्दशन गर्न नसकेको स्वीकार गरेका छन्।

उनले खास गरी भारतसँग फिल्डिङमा केही कमजोरी भएको स्वीकार गरे । भारतविरुद्धको खेलबाट लिन सक्ने धेरै सकारात्मक पक्ष रहेका उनले बताए। प्रशिक्षक मोन्टी देशाईले पनि भारतलाई १० देखि १५ रन बढी नदिएको भए नतिजा जे पनि हुन सक्ने प्रतिकृया दिएका छन् ।

एसियन गेम्सबाट बाहिरिएको नेपालले अब घरेलु मैदानमा टी–२० विश्वकप छनोट खेल्दैछ। विश्वकप छनोटअघिको प्रर्दशनबाट टिमका सबै जना मोटिभेट रहेको उनले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ