एशियाड क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित

एशियाड क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित

  • मङ्लबार, अशोज १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

असोज १६ काठमाण्डौँ । चीनको हाङझाओमा चलिरहेको एशियाड अन्तर्गत क्रिकेटको क्वार्टरफाईनलमा नेपाल भारतसँग पराजित भएको छ ।

टस हारेर फिल्डिङ गरेको नेपाललाई भारतले २०३ रनको चूनौती दिएको थियो । त्यसको जवाफमा उत्रिएको नेपालले पुरै २० ओभरमा ९ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी ३२, कुसल मल्ल २९, कुसल भूर्तेल २८, सन्दीप जोरा २९ र आशिफ खेख १० रन बनाएर आउट भए । करण केसीले १३ बलमा १८ रन जोडेर अवीजीत रहे । दिपेन्द्र सिंह ऐरीले आज पनि विष्फोटक ब्याटिङ गरेका थिए । उनले एकै ओभरमा तीन सहित ४ छक्का हान्दै १५ बलमा ३२ रन बनाएका थिए । तर उनी आउट भएपछि अन्य ब्याट्म्यान पनि लगातार आउट भए । सन्दीप जोराले पनि १२ बलमा २९ रन लिदा ३ छक्का प्रहार गरेका थिए ।

नेपालका रोहित पौडेल ३ रनमै आउट भए, त्यस अघि कुसल मल्ल २२ बलमा २९ रन बनाएर आउट हुन पुगे । उनले २ छक्का र २ चौका प्रहार गरे ।

नेपालका ओपनर कुसल भूर्तेल २८ रन बनाएर आउट भएका छन् । उनले ३२ बल खेल्दा १ छक्का र चार चौका प्रहार गरेका छन् ।

त्यस अघि विष्फोटक शुरुवात गरेका आशिफ शेख ६ बलमा १० रन बनाएर आउट भएका थिए । उनले १ छक्का र एक चौका प्रहार गरे । सोमपाल कामीले ७ रन प्रहार गरेर आउट भए ।

त्यस अघि भारतका जैसवालले सतक पूरा गरेका थिए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

भारतका लागि रवि विष्नोई र अभेष खानले तीन तीन विकेट लिए । त्यस अघि नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २, सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिएका थिए ।

यो खेलमा पराजय भएसँगै एशियाड क्रिकेटमा पदक जित्ने नेपालको संभावना समाप्त भएको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ