चीनको हाङझाओमा चलिरहेको एशियाड अन्तर्गत क्रिकेट अन्तर्गत क्वाटरफाईनलमा भारत बिरुद्ध नेपालले जवाफी ब्याटिङ गरीरहेको छ । २०३ रनको लक्ष्य बिरुद्ध मैदानमा उत्रिएको नेपालले ९ ओभरमा २ विकेट गुमाएर ६२ रन जोडेको छ ।
नेपालका ओपनर कुसल भूर्तेल २८ रन बनाएर आउट भएका छन् । उनले ३२ बल खेल्दा १ छक्का र चार चौका प्रहार गरेका छन् ।
त्यस अघि विष्फोटक शुरुवात गरेका आशिफ शेख ६ बलमा १० रन बनाएर आउट भएका थिए । उनले १ छक्का र एक चौका प्रहार गरे ।
त्यस अघि भारतका जैसवालले सतक पूरा गरेका थिए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।
यो खेल जितेमा नेपाल सेमिफाईनल पुग्नेछ । नेपालले यो मैदानमा विश्व कीर्तिमान बनाउदै मंगोलिया र माल्दिभ्सलाई हराएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline