असोज १६ काठमाण्डौँ । चीनको हाङझाओमा चलिरहेको १९ औँ एशियाली खेलकुद समारोहमा नेपालले भारतबाट दुई सय ३ रनको चूनौती पाएको छ ।
टस जितेर ब्याटिङ गरेको भारतले जैसवालको सतकको मद्धतमा पुरै २० ओभरमा ४ विकेट गुमाएर २ सय २ बनायो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।
भारतका जैसवालले एक सय रन जोड्दा, रुतुराजले २५ बनाएर आउट भए । रिंकु सिंह ३७ रनमा अविजीत रहे ।
यो मैदानमा नेपालले मंगोलिया बिरुद्ध ३१४ रन जोडेको थियो भने माल्दिभ्स बिरुद्ध २१४ रन बनाएको थियो । भारतीय शसक्त बलर सामु नेपाली ब्याट्सम्यानले टिकेर रन बनाउन सके ईतिहास रच्ने अवसर छ ।
करीब एक महिना अघि एशिया कप क्रिकेटमा नेपालले भारत बिरुद्ध श्रीलंकामा खेलेको थियो ।
जुन खेलमा नेपालले २३० रन जोडेको थियो । सो खेलमा बर्षाले अवरोध गरेपछि डिएसएल मेथडका आधारमा भारत बिजयी भएको थियो ।
यदी भारतलाई भोली पराजित गर्न सके नेपालले क्रिकेटका पदक ल्याउने निश्चित हुनेछ ।