दिपेन्द्र सिंह ऐरीले लिए भारतको महत्वपूर्ण विकेट

दिपेन्द्र सिंह ऐरीले लिए भारतको महत्वपूर्ण विकेट

  • मङ्लबार, अशोज १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

असोज १६ काठमाण्डौँ । चीनको हाङझाओमा चलिरहेको १९ औँ एशियाली खेलकुद समारोहमा नेपालले क्रिकेटको क्वार्टरफाईनलमा भारतसँग खेलिरहेको छ । तीव्र गतिमा रन बनाईरहेको भारत बिरुद्ध नेपालले मध्यमक्रम पछि लगातार विकेट लिईरहेको छ । १७ औँ ओभर सम्म भारतले ४ विकेट गुमाएर १५५ रन बनाएको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सतक पूरा गरेका जैसवाललाई आउट गरेका छन् । त्यसपछि १० औँ ओभरमा पहिलो विकेट पनि उनैले लिएका थिए ।

त्यसपछि सन्दीप लामिछाने र सोमपाल कामीले पनि एक एक विकेट लिएका छन् ।

त्यसपछि भारतका बिरुद्ध सोमपाल कामीले अर्को विकेट लिएका छन् । उनले तिकल बर्मालाई २ रनमा क्लिन बोल्ड आउट गरेका छन् ।
त्यसपछि ब्याटिङमा आएक जेष्ठ शर्मालाई सन्दीप लामिछानेले ५ रनमा आउट गरेका छन् । भारत अहिले १८ औँ ओभरमा ४ विकेटको क्षतिमा १५७ रन बनाएर खेलिरहेको छ ।

करीब एक महिना अघि एशिया कप क्रिकेटमा नेपालले भारत बिरुद्ध श्रीलंकामा खेलेको थियो ।

जुन खेलमा नेपालले २३० रन जोडेको थियो । सो खेलमा बर्षाले अवरोध गरेपछि डिएसएल मेथडका आधारमा भारत बिजयी भएको थियो ।

यस अघि मंगोलिया र माल्दिभ्सलाई हराएको नेपालले कडा आत्मविस्वासका साथ खेल्दैछ । यदी भारतलाई भोली पराजित गर्न सके नेपालले क्रिकेटका पदक ल्याउने निश्चित हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ