असोज १६ काठमाण्डौँ । चीनको हाङझाओमा चलिरहेको १९ औँ एशियाली खेलकुद समारोहमा नेपालले क्रिकेटको क्वार्टरफाईनलमा भारतसँग खेलिरहेको छ । मध्यम क्रममा खेल पुगेपछि नेपालले केही सफलता हात पारेको छ । नेपालले १३ ओभर भित्र तीन विकेट लिएको छ ।
टस हारेर फिल्डिङ गरीरहेको नेपालले १० औँ ओभरमा पहिलो विकेट लिन सफल भयो । तीव्र गतिमा रन बनाईरहेको भारतको पहिलो विकेट दिपेन्द्रले १० औँ ओभरमा लिए । उनले गैकवार्डलाई २५ रन जोडेपछि क्याच आउट गराउन सफल भए ।
त्यसपछि भारतका बिरुद्ध सोमपाल कामीले अर्को विकेट लिएका छन् । उनले तिकल बर्मालाई २ रनमा क्लिन बोल्ड आउट गरेका छन् । यसवत जैसवालले भारतका लागि तीव्र गतिमा रन बनाईरहेका छन् ।
त्यसपछि ब्याटिङमा आएक जेष्ठ शर्मालाई सन्दीप लामिछानेले ५ रनमा आउट गरेका छन् ।
भारत अहिले १३ ओभरमा ३ विकेटको क्षतिमा ११९ रन बनाएर खेलिरहेको छ ।
करीब एक महिना अघि एशिया कप क्रिकेटमा नेपालले भारत बिरुद्ध श्रीलंकामा खेलेको थियो ।
जुन खेलमा नेपालले २३० रन जोडेको थियो । सो खेलमा बर्षाले अवरोध गरेपछि डिएसएल मेथडका आधारमा भारत बिजयी भएको थियो ।
यस अघि मंगोलिया र माल्दिभ्सलाई हराएको नेपालले कडा आत्मविस्वासका साथ खेल्दैछ । यदी भारतलाई भोली पराजित गर्न सके नेपालले क्रिकेटका पदक ल्याउने निश्चित हुनेछ ।