भारत बिरुद्ध दिपेन्द्र सिंह ऐरीले लिए पहिलो विकेट

भारत बिरुद्ध दिपेन्द्र सिंह ऐरीले लिए पहिलो विकेट

  • मङ्लबार, अशोज १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

असोज १६ काठमाण्डौँ । चीनको हाङझाओमा चलिरहेको १९ औँ एशियाली खेलकुद समारोहमा नेपालले क्रिकेटको क्वार्टरफाईनलमा भारतसँग खेलिरहेको छ । टस हारेर फिल्डिङ गरीरहेको नेपालले १० औँ ओभरमा पहिलो विकेट लिन सफल भएको छ । तीव्र गतिमा रन बनाईरहेको भारतको पहिलो विकेट दिपेन्द्रले १० औँ ओभरमा लिए । उनले गैकवार्डलाई २५ रन जोडेपछि क्याच आउट गराउन सफल भए ।

भारत अहिले १० ओभरमा एक विकेटको क्षतिमा १०४ रन बनाएर खेलिरहेको छ ।

करीब एक महिना अघि एशिया कप क्रिकेटमा नेपालले भारत बिरुद्ध श्रीलंकामा खेलेको थियो ।

जुन खेलमा नेपालले २३० रन जोडेको थियो । सो खेलमा बर्षाले अवरोध गरेपछि डिएसएल मेथडका आधारमा भारत बिजयी भएको थियो ।

यस अघि मंगोलिया र माल्दिभ्सलाई हराएको नेपालले कडा आत्मविस्वासका साथ खेल्दैछ । यदी भारतलाई भोली पराजित गर्न सके नेपालले क्रिकेटका पदक ल्याउने निश्चित हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ