असोज १६ काठमाण्डौँ । चीनको हाङझाओमा चलिरहेको १९ औँ एशियाली खेलकुद समारोहमा नेपालले क्रिकेटको क्वार्टरफाईनलमा भारतसँग खेलिरहेको छ । टस हारेर फिल्डिङ गरीरहेको नेपालले पाँच ओभर सम्म कुनै विकेट लिन सकेको छैन । तर भारतले रनको बर्षा गराईरहेको छ । पाँच ओभरको खेल सकिदा भारतले ६१ रन बनाएको छ ।
करीब एक महिना अघि एशिया कप क्रिकेटमा नेपालले भारत बिरुद्ध श्रीलंकामा खेलेको थियो ।
जुन खेलमा नेपालले २३० रन जोडेको थियो । सो खेलमा बर्षाले अवरोध गरेपछि डिएसएल मेथडका आधारमा भारत बिजयी भएको थियो ।
यस अघि मंगोलिया र माल्दिभ्सलाई हराएको नेपालले कडा आत्मविस्वासका साथ खेल्दैछ । यदी भारतलाई भोली पराजित गर्न सके नेपालले क्रिकेटका पदक ल्याउने निश्चित हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline