१९ औँ एशियाड : नेपाललाई कबड्डीमा पदक प्राप्त हुने निश्चित

१९ औँ एशियाड : नेपाललाई कबड्डीमा पदक प्राप्त हुने निश्चित

  • सोमवार, अशोज १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

चीन असोज १५ । चीनको हाङझाओमा भईरहेको १९ औँ एशियाली खेलकुदमा क्रिकेट बाहेक सबै जसो खेलमा नेपालले लगातार खराब प्रदर्शन गरीरहेका बेला कबड्डीले भने पदक दिलाउने निश्चित भएको छ ।

महिला कबड्डीमा नेपालले सोमबार बंगलादेशलाई ३७–२४ ले हराएपछि कम्तीमा कांस्य पदक जित्ने निश्चित भएको हो । प्रतियोगिता औपचारिक रूपमा सुरु भएको दस दिनपछि नेपालको पदकको खाता खोल्ने तय गरेको हो ।

महिला कबड्डीमा कुल सात टिमको सहभागिता रहेको छ । त्यसमध्ये समूह ‘ए’ मा चार टिम रहेका छन्, भारत, चिनिया ताइपेयी, थाइल्यान्ड र दक्षिण कोरिया । समूह ‘बी’ मा भने नेपाल र बंगलादेशसँगै इरान रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ