सर्लाहीको मलंगवामा गृहमन्त्रीको उपस्थितिमा सद्भाव र्याली निकाल्ने निर्णय

सर्लाहीको मलंगवामा गृहमन्त्रीको उपस्थितिमा सद्भाव र्याली निकाल्ने निर्णय

  • सोमवार, अशोज १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलंगवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सद्‌भाव र्‍याली निकाल्ने निर्णय गरेको छ। रातिको समयमा लगाउँदै आएको कर्फ्यु गएरातिदेखि पूर्णरूपमा हटाइएको स्थानीय प्रशासनले यहि असोज १८ गते गृहमन्त्री श्रेष्ठको उपस्थितिमा सद्‌भाव र्‍याली निकाल्ने निर्णय गरेको हो।

यसअघि असोज ८ गते दिउँसोको कर्फ्यु हटाइएको स्थानीय प्रशासनले आइतबार रातिदेखि रातको कर्फ्यु पनि हटाएको छ।

आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले चारबुँदे निर्णय गर्दै मलंगवाको कर्फ्यु आदेशलाई आइतबार रातिदेखि पूर्णरूपमा निष्क्रिय पार्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

सामाजिक सद्भाव विथोलिने गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले साविक मलंगवा नगरपालिका क्षेत्रमा यहि असोज ८ गतेदेखि राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो।

गणेशको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादले उग्र रुप लिएपछि असोज ४ गते राति १० बजेदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ