एशियाड क्रिकेटमा नेपालले माल्दिभ्सलाई हरायो, अविनाश बोहरा एक्लैले लिए ६ विकेट

एशियाड क्रिकेटमा नेपालले माल्दिभ्सलाई हरायो, अविनाश बोहरा एक्लैले लिए ६ विकेट

  • आइतवार, अशोज १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी-२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ ।

२१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई २ बल बाँकी छँदा ७४ रनमा अलआउट गर्दै नेपालले दोस्रो जीत हासिल गरेको हो । नेपालको जितमा आज अविनाश बोहराले निर्णायक भूमिका खेले उनी एक्लैले ६ विकेट लिएपछि माल्दिभ्स कमजोर साबित बन्यो ।

३.४ ओभर बलिङ गरेका अभिनासले ११ रन खर्चिएर ६ विकेट हात पारेका हुन्। बाँकी एकरएक विकेट सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले लिए।

माल्दिभ्सका लागि मुअभिथ गनेले सर्वाधिक ३६ रन बनाए। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे। तर ६ ब्याटरले रनको खातै खोल्न सकेनन्। इस्माइल अलीले ३, फरिद शिउस १० रन बनाउँदा र रशीद रासम १२ रनमा नटआउट रहे।

त्यसअघि नेपालले कप्तान रोहित पौडेलको अर्धशतकमा माल्दिभ्सलाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो। रोहितले २७ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा ५२ रन बनाएर रनआउट भए।

कुशल मल्लले २० बलमा ४७ रनको नटआउट पारी खेले। उनले ३ चौका र २ छक्का प्रहार गरे। गुल्सन झाले ३५, कुशल भुर्तेतले ३५, विनोद भण्डारी १३, आशिफ शेखले ६, सन्दीप जोराले ५ रन जोड्दा दिपेन्द्र सिंह ऐरी ६ रनमा क्याचआउट हुन पुगे। सोमपाल कामी १ रनमा नटआउट रहे।

माल्दिभ्सका लागि नजवान स्माइलले ३ विकेट लिँदा नासिर नाइल इस्माइल, मोहमद मिउभान र थोलाल मोहमद रायाले समान एकरएक विकेट हात पारे।

पहिलो खेलमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ