काठमाडौं, १४ असोज । काठमाडौंको तीनकुनेमा एकाबिहानै मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन ।
बानेश्वबाट तीनकुनेतर्फ जादैँ गरेको बागमती प्रदेश -०२०३९ प ११९० नम्बरको मोटरसाईकल आईतवार बिहान ४ बजे तीनकुनेस्थित बागमती पुलको जग छेउबाट खाल्डोमा खसेको हो ।
दुर्घटनामा परि मोटरसाईकल पछाडि सवार भक्तपुर चागुनारायण नगरपालीका वडा नम्बर ४ बस्ने १८ बर्षका सुशिल गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटसाईकल चालक सोहि ठाउका २० बर्षका सरोज गुरुङको भने ट्मा सेन्टर काठमाडौंमा उपचार भईरहेको छ ।
सुशिलका घटनास्थलमा नै मृत्यु भएको प्रहरी वृत्त वानेश्वरले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि टिचिंङ अस्पताल लगिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline