साफ यू– १९ प्रतियोगीतामा पाकिस्तानलाई हराउदै भारतले जित्यो उपाधी

साफ यू– १९ प्रतियोगीतामा पाकिस्तानलाई हराउदै भारतले जित्यो उपाधी

  • आइतवार, अशोज १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

भारत साफ यु–१९ फुटबल च्याम्पियनसिपको विजेता बनेको छ। शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–०ले पराजित गरेको हो।

पहिलो हाफमा दुबै टिमले गोल गर्न सकेको थिएन। दोस्रो हाफमा भारतले तीन गोल गरेको हो। भारतका लागि माङ्गेलनथाङ किपजेनले ६४औं मिनेटमा पहिलो गोल गरेका थिए।

८५औं‌ मिनेटमा दोस्रो गोल पनि उनैले गर्न सफल भए। अतिरिक्त समयमा भारतका लागि ग्वाग्मसार गोयरीले गोल गरेका हुन्।

भारत योसँगै प्रतियोगिताको तेस्रो पटक च्याम्पियन बनेको छ।

यसअघि गत वर्ष भारतमा भएको च्याम्पियनसिपमा पनि भारतले नै जितेको थियो। सन् २०१९मा पनि भारत च्याम्पियन बनेको हो। सेमिफाइनलमा भारतले नेपाललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। त्यस्तै पाकिस्तानले पनि भुटानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ