नेपाल ‘बिश्व साँस्कृतिक उत्सव २०२३’ मा सहभागी हुँदै

नेपाल ‘बिश्व साँस्कृतिक उत्सव २०२३’ मा सहभागी हुँदै

  • शनिबार, अशोज १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

अमेरिकाको वाशिंगटन डि.सी. स्थित मेट्रो एरियामा सेप्टेम्बर २९ देखि अक्टुबर १ सम्म आयोजना हुन लागेको बिश्व साँस्कृतिक उत्सव २०२३ मा १८० राष्ट्रहरुबाट प्रतिनिधित्व गर्दै आफ्नो मौलिक संस्कृतिहरु सम्बन्धी प्रस्तुति गर्दैछन् । संसारभरका विभिन्न संस्कृतिहरुलाई एकै ठाउंमा ल्याई एकै सुत्रमा बाँध्ने जमर्को आर्ट अफ लिभिङ्गका संस्थापक तथा आध्यातमिक गुरु श्री श्री रविशंकरले गरेका हुन् । हालसम्म पांच लाख भन्दा बढी सहभागीहरुले कार्यक्रममा सरिक भै संसार भर छरिएका सांस्कृतिक विविधताको महत्व माथि एक्यबद्धता जनाएका छन् ।
उक्त कार्यक्रममा विभिन्न राष्ट्रहरुले आफ्नो देशको भेषभुषा, नृत्य, संगीत तथा परिकारहरुको प्रस्तुति यी तीन दिनमा गर्ने छन् । विश्वभरका १८० राष्ट्रहरुबाट १७,००० कलाकारहरु सम्मिलित भई ६१ वटा नृत्यहरु प्रस्तुत हुँदैछन ।
नेपाल पनि यस संस्कृतिक उत्सवमा सहभागिता हुँदैछ र नेपालको विभिन्न समुदायको सात मौलिक नृत्यहरु सोही समुदायको सांस्कृतिक पहिरण पहिरी प्रस्तुती गर्न १३ वर्ष देखि ६० वर्ष सम्मका १५० जना कलाकारहरु पुगिसकेका छन् ।
यी नृत्यहरुको निर्देशन चर्चित नृत्य प्रशिक्षक यज्ञ मान शाक्यले गर्नुभएको छ र विगत पाँच महिना देखि नृत्य टोलीलाई प्रशिक्षण दिंदै हुनहुन्छ ।
नेपालको सांस्कृतिक टोलीको प्रायोजन राजेश बहादुर प्रधान तथा निभा माथेमा प्रधानले गर्नुभएको थियो । प्रधान दम्पती आर्ट अफ लिभिङको सक्रिय आजीवन सदस्य हुनुका साथै दया फाउन्डेसनमा पनि आबद्ध हुनुहुन्छ ।
नेपालको ‘बिश्व सांस्कृतिक उत्सव २०२३’ मा सहभागिताले नेपाललाई विश्वमा चिनाउन सहयोगी हुने कुरा दया फाउन्डेसनका संस्थापक सदस्य राजेश बहादुर प्रधानले बताउनुभयो ।
अमेरिकामा बसोबास गरिरहेका गैर आवासीय नेपालीहरू माझ नेपाली संस्कृतिलाई जोगाउने हेतुले काम गर्दै आएको नेपाल एजुकेशन कल्चरल सेन्टरको नेतृत्व गरिरहेका अध्यक्ष सरोज प्रजापतिको प्रमुख संयोजकत्व तथा समन्वयमा अमेरिकामा बसोबास गरिरहेका गैर आवासीय नेपालीहरू यस कार्यक्रममा सहभागीता जनाउँदै छन् ।
यस कार्यक्रमको स्वागत कमिटीको नेतृत्व यु.यन.का जेनेरल सेक्रेटरी बान–कि–मुनले गरिराख्नु भएको छ भने नेपालका प्रतिनिधि सभा सदस्य तथा उद्योगी विनोद चौधरी पनि यस कार्यक्रमको स्वागत कमिटीमा सरिक हुनुहुन्छ ।

यस वर्ष हुन लागेको ’बिश्व संस्कृतिक उत्सव २०२३ ’ चौथो संस्करण हो, सन् २००६ मा बैंगलोरमा आयोजना भएको पहिलो संस्करण मा पच्चीस लाख सहभागी थिए, त्यसैगरी दोश्रो संस्करण जुन बर्लिनमा सन्न२०११ मा सम्पन्न भएको थियो त्यसमा सत्तरी हजार सहभागी थिए भने तेस्रो सन्सस्करण सन् २०१६ मा दिल्लीमा आयोजित भएको थियो जसमा सैतिस लाख सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी