प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

  • शुक्रबार, अशोज १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं । नेपाली युवा प्रज्वल ताम्राकारलाई १५औं मिस्टर इन्टरनेशनल २०२३ मिस्टर कन्जेनिलिटी विजेताका भएका छन् ।
सेप्टेम्बर ८ देखि १७ सम्म थाइल्याण्डको बैंककमा आयोजित १५औं मिस्टर इन्टरनेशनल २०२३ मा नेपालको प्रतिनिधिको रूपमा प्रतिस्पर्धा गरि नेपाली युवा प्रज्वल ताम्राकारलाई मिस्टर कन्जेनिलिटी अवार्ड प्रदान गरिएको हो ।

३६ देशबाट ३६ सै जना सहभागि भएको उक्त प्रतिष्पर्धामा नेपालको तर्फबाट प्रज्वल ताम्राकार सहभागि भएको थिए ।
प्रतियोगितामा उनले प्रारम्भिक चरणमा ‘लाखे’ लाई राष्ट्रिय पोशाकको रुपमा प्रस्तुत गरेका थिए । सहभागि प्रतिष्पर्धी उम्मेद्वारहरूमध्ये सबैभन्दा मिलनसार, आकर्षक व्यक्तित्व र महत्वाकांक्षी उम्मेदवार रहेको भन्दै ताम्राकारलाई मिस्टर कन्जेनिलिटी अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रज्वल ताम्राकारले सेप्टेम्बर ११ मा थाइल्याण्डको अयुथयामा भएको १५औं मिस्टर इन्टरनेशनलको परम्परागत रनवेमा नेपालको परम्परागत पोशाकको रूपमा ‘दौरा सुरुवाल’ प्रस्तुत भएका थिए ।
सो पोशाकको डिजाइनले नेपालको हिमाल, पहाड र तराई क्षेत्र र ती क्षेत्रहरूमा बसोबास गर्ने विभिन्न जातीय समूहहरूलाई प्रतिनिधित्व गर्दछ । यसले नेवारी संस्कृति र नेपाल दुवैको प्रतिनिधित्व गर्दछ ।
उनलाई बैंककमा अवतरणको क्रममा नेपालको राष्ट्रिय कवजसहित स्वागत गरिएको थियो ।
३६ देशबाट प्रत्येक १ जना सहभागि भएको उक्त प्रतियोगितामा थाईल्याण्ड पहिलो, भनेज्वयला दोस्रो र ब्राजील तेस्रो भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी