उत्कृष्ट खेलका बाबजुद पेनाल्टीमा चुक्दा नेपाल साफ यू- १९ बाट बाहिरियो

उत्कृष्ट खेलका बाबजुद पेनाल्टीमा चुक्दा नेपाल साफ यू- १९ बाट बाहिरियो

उपाधीका लागि भारत र पाकिस्तान भीड्ने

  • बुधबार, अशोज १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

साफ यू-१९ च्याम्पियनसिपको सेमिफाईनलमा नेपाल सेमिफाईनलबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दररथ रंगशालामा बुधबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोलीलाईभ टाइब्रेकरमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो।

नेपालका आश्विन घोरासैनी, कुशल देउवाले गोल गरे। विक्रम तामाङको प्रहार आकाशियो।लक्षु थापाको प्रहार क्रसबारमा लाग्दै बाहिरियो। प्रशान्त लक्सनको प्रहार भारतिय गोलरक्षक लियोनल डेरेलले बचाए।

भारतका अर्जुन सिंह, गोगोम्सर गोयरी, मांगिलेतम किपगेमले गोल गरे। रिक्की मितेयीको प्रहार बारमा लाग्दै बाहिरियो। दिनेश सिंहको प्रहार नेपालका गोलरक्षक जियारथ सिंहले बचाए।

खेलको निर्धारित समयम १–१ को बराबरी भएपछि खेल टाइब्रकेरमा धकेलिएको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा १–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्किएको थियो।

खेलको २६ औं मिनेटमा शाहिल खुर्सिदको गोलमा भारतले सुरुवाती अग्रता बनायो। नेपालका गोलरक्षकको गल्तीको फाइदा उठाउँदै शाहिलले बललाई पोष्टको गति दिए।

३२ औं मिनेटमा कुशल देउवाको प्रहार सिधै भारतिय गोलरक्षकको हातमा पुग्यो। पहिलो हाफको इन्ज्युरी समयमा कुशल देउवाको कर्नर समिर तामाङको हेडर फष्टबारबाट बाहिरिदा नेपालले बराबरी गर्ने मौका गुमायो। खेलको ४७ औं मिनेटमा निराजन धामीको प्रहार पोष्टमा लागेर फर्कियो।

५६ औं मिनेटमा राजा हरिजनले ह्याण्ड गरेपछि नेपालले फ्रिकीक मौका पाएको थियो। खेलको ५९ औं मिनेटमा प्रशान्त लक्समको फ्रिकीक पोष्ट माथिबाट आकाशियो।

खेलको ७४ औं मिनेटमा दीपक थापामगरको असिस्टमा समिर तामाङको हेडर गोलमा नेपाल खेलमा फर्किएको हो। खेलको ७८ औं मिनेटमा नाओबा मेथीईको लङ प्रहर नेपालका गोलरक्षक जियारथ शेखले पञ्च गर्दै क्लियर गरे।

आजै भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले भुटानलाई टाइब्रेकरमा नै पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल खेल शनिबार हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ