फ्रान्सेली राजदूतको नाइजरबाट बहिर्गमन

फ्रान्सेली राजदूतको नाइजरबाट बहिर्गमन

  • बुधबार, अशोज १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

नाइजरका लागि फ्रान्सका राजदूतले बुधबार बिहान राजधानी नियामे छोडेको फ्रान्सेली कूटनीतिक स्रोत र नाइजेरियाली सरकारी स्रोतले बताएका छन् ।

पश्चिम अफ्रिकी देश नाइजरमा सैनिक विद्रोहपछि सेनाले सत्ता कब्जा गरेसँगै फ्रान्सेली राजदूतलाई देश छाड्न निर्देशन दिइएको थियो । यद्यपि उनले उक्त निर्देशनको पालना नगरेपछि उनलाई राजदूतावासमा नै बन्दी बनाइएको थियो ।

नियामेस्थित फ्रान्सेली दूतावासको कूटनीतिक स्रोतका अनुसार राजदूतसहित छ जना सहकर्मी विमान चढेर विमान चाडतर्फ प्रस्थान गरेका छन् । नाइजरको गृह मन्त्रालयले पनि फ्रान्सेली राजदूतको बहिर्गमनको पुष्टि गरेको छ ।

गत आइतबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले नाइजरबाट राजदूत सिल्भेन इट्टेलाई फिर्ता बोलाइने घोषणा गर्नुभएको थियो ।

गत जुलाई २६मा प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ गरी सेनाले सत्ता हत्याएकामा फ्रान्सले त्यसको कडा विरोध गर्दै निर्वाचित सरकारलाई मात्र आफूले मान्यता दिने बताएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ