काठमाण्डौँका फुटपाथ व्यवशायीहरु आन्दोलित, शहरबाट गरीब होईन गरीबी हटाउ

काठमाण्डौँका फुटपाथ व्यवशायीहरु आन्दोलित, शहरबाट गरीब होईन गरीबी हटाउ

  • मङ्लबार, अशोज ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं । फुटपाथ व्यवसायीहरू आन्दोलित भएका छन्। काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न निषेध गरेपछि उनीहरू आन्दोलित भएका हुन्। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह अगाडि सडकमा भेला भएर धर्नामा बसेका छन्।

फुटपाथ व्यापारीको विकल्पको माग गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध सडकमा उभिइरहेका अभियन्ता ईस्को समर्थन गर्दै उनीहरूले धर्ना सुरू गरेका हुन् ।
व्यापारका लागि विकल्प दिनुपर्ने उनीहरूको माग छ। आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ। विकल्प नहुँदासम्म फुटपाथमा व्यवसायी गरेर खान दिनुपर्ने भन्दै उनीहरूले महानगरका मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।

ुबालेन (सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो ? सडक–साइकल(गाडा परम्परागत मजदरउद्यमीलाई विस्थापित गर्न बन्द गर। विकल्प देऊ,गरीब होइन गरिबी हटाऊलगायतका नारा लेखेका प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका छन्।

आन्दोलनकारीहरूले आफ्ना समस्याबारे काठमाडौं महानगरका मेयर शाहलाई जानकारी गराउँदा पनि वेवास्ता गरेको आरोप लगाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ