अदालतले फैसला गर्न ढिलाई गरेपछि सन्दीप उडे चीन, एशियाडमा खेल्ने

अदालतले फैसला गर्न ढिलाई गरेपछि सन्दीप उडे चीन, एशियाडमा खेल्ने

  • मङ्लबार, अशोज ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

एसियाली खेलकुद ९एसियन गेम्म० मा सहभागिताका लागि क्रिकेटर सन्दीप लामिछाने चीनतर्फ उडेका छन्। उनी घाइते भएका ललित राजवंशीको स्थानमा बोलाइएका अर्का क्रिकेटर सागर ढकालसँगै चीनतर्फ उडेका हुन्।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र पूर्वकप्तासमेत रहेका सचिव पारस खड्कासँगको छलफलपछि उनी चीनको हाङजाओमा हुने एसियाड खेल्न तयार भएका थिए ।

प्रशिक्षणका क्रममा ललित घाइते भएपछि राष्ट्रिय टोलीमा बोलाइएका सागर ढकालले पनि यो पटकको एसियाडमा देशको प्रतिनिधित्व गर्दैछन्।

नेपाली राष्ट्रिय क्रिकेट टोली भने आइतबार नै चीन गइसकेको छ। बलात्कार अभियोग लागेका लामिछाने भने त्यही दिन मुद्दाको पेसी परेकाले टोलीसँगै जान पाएनन्। न्यायाधीश नभएको भन्दै काठमाडौं जिल्ला अदालतले मुद्दाको सुनुवाइ स्थगन गरेपछि उनी चीन जाने बाटो खुलेको थियो।

क्यानका अध्यक्ष चन्द र सचिव खड्काले अन्तर्राष्ट्रिय खेलमा उनको योगदान आवश्यक भएको भनेर सम्झाएपछि सन्दीप चीन जान तयार भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी