यू–१९ साफ च्याम्पियनसिपको सेमिफाईनल पुग्यो नेपाल, माल्दिभ्स ४–१ गोल अन्तरले पराजित

यू–१९ साफ च्याम्पियनसिपको सेमिफाईनल पुग्यो नेपाल, माल्दिभ्स ४–१ गोल अन्तरले पराजित

  • सोमवार, अशोज ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

असोज ८ काठमाण्डौँ । काठमाण्डौँमा जारी साफ यू १९ च्याम्पियनसिप प्रतियोगीतामा नेपाल सेमिफाईनल प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाईनल प्रवेश गरेको हो ।

यस अघि पहिलो खेलमा पाकिस्तानसँग पराजित नेपाललाई आज जित्नै पर्ने दबाब रहेको खेलमा नेपालले स्तरीय प्रदर्शन गर्दै जीत निकालेको हो ।

नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्सन र निराजन धामीले समान एक गोल गरे। खेलको १७ औं मिनेटमा प्रशान्त लक्सनको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। खेलको २७ औं मिनेटमा मालदिभ्सका कप्तान मोहम्मदको फ्रिकीक प्रहार नेपालका गोलरक्षक जियारथले सहजै बचाए।

२९ औं मिनेटमा निराजन धामीको थ्रु पासमा पासमा समिर तामाङको उत्कृष्ट गोलमा नेपालले अग्रता दोब्बर पार्यो।

खेलको ३४ औं मिनेटमा नेपाल र मालदिभ्स १० खेलाडीमा सिमित भए। नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद यान हसनले सिधै रातो कार्ड खाँदै मैदान छाडे।

मालदिभ्सका खेलाडीको लङ क्रस प्रहार अफ बलमा नेपालका सुजनले मालदिभ्सका मोहम्मदलाई धकेलेका थिए। त्यही क्रममा दुवै खेलाडीबीच झगडा हुँदा रेफ्रिले सिधै रातो कार्ड देखाएका थिए।

खेलको ८८ औं मिनेटमा प्रशान्त लक्सामको क्रसमा निराजन धामीले गोल गर्दै नेपाललाई ३–१ को अवस्थामा ल्याए।

इन्ज्युरी समयमा समिरले व्यक्तीगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे। दिपक थापामगरको क्रसमा समिरले हेडर गोल गरे।

नेपालले सेमिफाइनलमा भारत र भुटान मध्य एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । भारत र भुटानबीच आजै खेल हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ